Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदैलेखको दुर्गम गाउँ नौमूलेमा बेलायतका विकासमन्त्री

दैलेखको दुर्गम गाउँ नौमूलेमा बेलायतका विकासमन्त्री


दैलेख । दैलेखको दुर्गम गाउँ नौमूले गाउँपालिकामा भएका विकास–निर्माणका गतिविधिबारे बेलायत विकासमन्त्री एन्ड्रु मिचेल नेतृत्वको टोलीले जानकारी लिएका छन् ।

नौमूले गाउँपालिका–१ तोलिको भुर्सुमा निर्माण भएको सिँचाइ कुलो, तटबन्ध र पानी घट्टको स्थलगत निरीक्षण गरी काठमाडौँस्थित बेलायती दूतावासका विकास निर्देशकसहितको टोलीले जानकारी लिएका हुन् । त्यस अवसरमा मन्त्री मिचेलले नौमूलेमा बालिका शिक्षा, सुशासन, समावेशितासँगै जलवायु अनुकूलनका थप कार्यक्रम सञ्चालन गर्न सकिने बताए ।

नौमूले गाउँपालिकाका अध्यक्ष छवि सुवेदीले जलवायु परिवर्तन अनुकूलन सहयोग कार्यक्रमअन्तर्गत बेलायत सरकारको आर्थिक सहयोग तथा नेपाल सरकारको कार्यक्रममार्फत सञ्चालन भएका योजनाहरूको स्थलगत अनुगमन सम्पन्न भएको जानकारी दिए ।

अध्यक्ष छवि सुवेदीले जलवायु परिवर्तन अनुकूलन सहयोग कार्यक्रमअन्तर्गत सम्पन्न सिँचाइ कुलोलगायत संरचनाबाट स्थानीय बासिन्दाले प्रत्यक्षरूपमा लाभ लिएका र चालू आर्थिक वर्षभित्र कार्यक्रमका बाँकी काम पूरा गर्ने, जनताले पाएका सुविधा र थप कार्यक्रम कसरी लागू गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया