Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजनकपुरमा सहकारी संस्थाका कर्मचारीबाट लुटियो ८० लाख

जनकपुरमा सहकारी संस्थाका कर्मचारीबाट लुटियो ८० लाख


जनकपुरधाम । धनुषाको जनकपुरधामस्थित भानुचोकमा रहेको राष्ट्रिय सहकारी बैंकबाट रकम झिकेर सहकारीतर्फ जाँदैगर्दा एक सहकारी संस्थाका कर्मचारीबाट ८० लाख लुटिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन आबाले सोमबार दिउँसो शुभश्री बचत तथा ऋण सहकारी संस्था मैनाथपुरमा कार्यरत वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर तीन जनाले ८० लाख लुटेको जानकारी दिए । महतोका साथमा रहेको सो रकम लुटिएको जानकारी प्राप्त भएलगत्तै प्रहरी घटनास्थल पुगेर लुटेराको खोजी कार्य भइरहेको बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया