सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन
वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको १० महिनामा ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयले आर्थिकमन्दीको कारणले बजार सुस्ताएको समयमा पनि लक्ष्यको ६० दशमलव ७२ प्रतिशत राजस्व सङ्कलन गरेको जनाएको छ ।
चालु आर्थिक वर्षमा समग्र बजार सुस्ताएकाले अपेक्षाकृत रुपमा राजस्व सङ्कलन हुन नसकेको सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख डा. रामप्रसाद मैनालीले बताए । भन्सार विभागले कार्यालयलाई चालु आवको १० महिनाको अवधिमा ५४ अर्ब २७ करोड २१ लख ३५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो भने कार्यालयले १० महिनाको अवधिमा ४० अर्ब तीन करोड सङ्कलन गरेको छ ।
प्रमुख भन्सार अधिकृत मैनालीका अनुसार सुक्खा बन्दरगाहमा कार्गो रेलबाट सबै सामान ढुवानी हुनुका साथै कार्गो रेलले एक पटकमा ६० वटा कन्टेनर ल्याउने गरेको छ । विगतमा दैनिक तीन वटा कार्गो रेलबाट मालसमान आउने गरेकामा हाल दुई वटाबाट आउने गरेको छ ।
भन्सार विभागले कार्यालयलाई चालु आवमा ६५ अर्ब ९४ करोड एक लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिदिएको भए तापनि कार्यालयले भने चालु आवमा लक्ष्यको ७० प्रतिशतको हाराहारीमा मात्रै राजस्व सङ्कलन हुने जनाइएको छ ।
चालु आवमा आइरन ब्लेड र मदिराजन्य पदार्थको आयात कम भएकाले पनि राजस्व सङ्कलनमा घटेको प्रमुख भन्सार अधिकृत मैनालीले बताए । भन्सार विभागले कार्यालयलाई गत आवमा ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो तर उक्त कार्यालयले ४२ अर्ब ४० करोड २२ लाख ९३ हजार मात्र सङ्कलन गरेको थियो ।
कार्यालयले चालु आवको साउन महिनामा चार अर्ब सात करोड राजस्व सङ्कलन गर्यो । भदौ महिनामा चार अर्ब ५७ करोड र असोज महिनामा चार अर्ब ४६ करोड राजस्व सङ्कलन गरेको थियो । उक्त कार्यालयले कात्तिक महिनामा तीन अर्ब ६३ करोड, मङ्सिर महिनामा चार अर्ब २८ करोड, पुस महिनामा तीन अर्ब ७५ करोड राजस्व सङ्कलन गर्यो । कार्यालयले माघ महिनामा तीन अर्ब ७४ करोड, फागुन महिनामा तीन अर्ब ६२ करोड, चैत महिनामा चार अर्ब २८ करोड र वैशाख महिनामा तीन अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया