Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजार परिसुचक २६ सय ६१ बिन्दुमा

बजार परिसुचक २६ सय ६१ बिन्दुमा

३७ अंकले ओरालो लाग्दा छ अर्ब ७६ करोडको सेयर खरिद बिक्री


काठमाडौ ।
सेयर बजार पुरिसुचक पुुन ओरालो लागेको छ । अघिल्लो दिन आईतबार ३५ अंकले ओर्लिएको सेयर बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार पनि पुन ३७ दसमलव ५८ अंकले ओरालो लागेर २६ सय ६१ दसमलव ९३ अंकमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दसमलव छ अंकले ओरालो लागेर चार सय ७९ दसमलव १० अंकमा झरेको छ । आज कुल १३ वटा उपसमुह अन्र्तगत दुई सय १३ वटा कम्पनीहरुको सेयर किनबेच भएकाछन । जसअनुसार ७३ हजार पाँच सय ८२ पटकको कारोवारमा एक करोड ४२ लाख सात सय ६८ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाटबाट यसदिन छ अर्ब ७६ करोड ६८ लाख एक हजार दुई सय २४ रुपैयाँको कारोवार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुह मध्ये जलबिद्युुत र फाईनान्स समुहहरुको सुचक सामान्य अंकले उकालो लागेका छन् बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा सहितका ११ वटा उपसमुहको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया