सर्लाहीमा १५ बिघा जग्गामा लगाइएको गाँजा फँडानी
सर्लाही । गाँजाखेती नष्ट गर्ने अभियान थालेको सर्लाही प्रहरीले प्रहरीले दुई दिनमा १५ बिघाभन्दा बढी क्षेत्रमा लगाइएको गाँजाखेती नष्ट गरेको छ । प्रहरीले आइतबार मात्रै जिल्लाको दुर्गम क्षेत्र लालबन्दी नगरपालिका–१४, नारायण खोलाको आठ बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरेको थियो । यस्तै सोमबार थप नौ बिघामा लगाइएको गाँजाखेती नष्ट गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा भर्खरै सरुवा भएर आएका एसपी नरेशराज सुवेदीले हाजिर भएको केही साता नबित्दै गाँजाखेती नष्ट गर्ने अभियान थालेका हुन् । गाँजाखेती नष्ट गर्न सोमबार पनि जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर र इलाका प्रहरी कार्यालय लालबन्दीबाट पनि इन्स्पेक्टरकै कमाण्डमा ६० जना प्रहरी टोली नारायण खोला पुगेको थियो । लालबन्दी –१४ का विभिन्न स्थानमा गाँजाखेती भइरहेको छ, भन्ने सूचनाको आधारमा पुगेको प्रहरी टोलीले नारायण खोलास्थित सत्रकठ्ठा र आसपासका १५ बिघा बढीको क्षेत्रफलमा लगाई तयारी हुन लागेको गाँजा फँडानी गरेको हो । एसपी नरेश सुवेदीले आफू शुक्रबार जिल्लामा हाजिर हुनासाथ नारायण खोलामा कानुनद्वारा निषेध गरिएको गाँजाखेती भइरहेको सूचना पाएको बताएका थिए । सूचनाबमोजिमकै गाँजाखेती भइरहेको देखेपछि आइतबारबाट प्रहरी टोली पठाएर फँडानी गर्न सुरु गरेको उनले बताए ।
उनले अब निरन्तर प्रहरी पठाएर नारायण खोलामा भइरहेको प्रतिबन्धित गाँजाखेती नष्ट गर्ने अभियान चलाउने बताए । नारायण खोलामा हरेक वर्ष प्रहरी गएर गाँजा फाँड्ने गरेको भए पनि स्थानीयले गाँजाको खेती गर्न भने छाडेका छैनन् । जिल्लाको दुर्गम भेगमा पर्ने चुरे क्षेत्रस्थित नारायण खोलाका स्थानीयले केही वर्षदेखि अन्य बाली लगाउन छाडेर गाँजाको खेती गर्दै आइरहेका छन् । अन्न उत्पादनले दुई महिना पनि नधान्ने भएपति बाध्य भएर गाँजा खेतीमा लागेको एक स्थानीयले बताए । तयार हुनै लागेको गाँजा एक्कासि प्रहरी आएर नष्ट गरिदिँदा आफूहरू ठूलो मारमा परेको उनीहरूको गुनासो छ । सडक नपुगेका कारण त्यहाँका स्थानीय खोलाको बगरबाट हिँड्न पर्ने बाध्यतामा छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया