Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधढलान गरेको एक दिन नबित्दै सडक भत्कियो

ढलान गरेको एक दिन नबित्दै सडक भत्कियो


बारा, असार १७
बाराको फेटा गाउँपालिका वडा नम्बर ४ मा निर्माण गरिएको सडक ढलानको कार्य एक दिन नबित्दै भत्किएको छ । शनिबार दिउँसो भएको सडक ढलान कार्य २४ घण्टा नबित्दै भत्किएको स्थानीयबासीले बताएका छन् । १० लाखको लागतमा उक्त सडक ढलान कार्य गत शनिबार सम्पन्न गरिएको थियो । ढलान सम्पन्न गरेको भोलिपल्ट नै भत्किएको स्थानीयको भनाइ छ । स्थानीयको चौतर्फी विरोधपछि भत्किएको उक्त सडकमा फेरि ढलान गरिएको छ । उक्त सडकलाई पुनः ढलान गरिए पनि सडकको पर्खाल भासिएर सडक जोखिममा परेको छ ।

उपभोक्ता समितिमार्फत उक्त सडक ढलानको काम गरिएको थियो । उक्त सडक ढलानको कार्य कतिखेर तल खसेर ठूलो दुर्घटना हुनसक्ने हो ठेगान रहेको स्थानीयले बताए । इन्जिनियर र स्थानीय जनप्रतिनिधिकै सहयोगमा कमसल समग्री प्रयोग गरी ढालिएको स्थानीयले आरोप लगाएका छन् । भत्किएको सडक ढलानको ठाउमा मात्र सिमेन्ट प्रयोग गरी टालिएको छ । सडक निर्माणमा भएको अनियमितताको ढाकछोप गर्न रातिको मौका छोपी सडक टालिएको स्थानीयको भनाइ छ । फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले उक्त ढलानको विषयमा आफूलाई सबै जानकारी भइसकेको र भुक्तानी समेत रोकिने बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x