Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारबजार परिसुचक १८ सय ५१ बिन्दुमा खुम्यिचो

बजार परिसुचक १८ सय ५१ बिन्दुमा खुम्यिचो

२३ अंकले घट्दा एक अर्ब २५ करोडको सेयर खरिद –बिक्री


काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । आज सोमबार बजार परिसुचक २३ दशमलव १६ अंकले ओरालो लागेर १८ सय ५१ दशमलव ४३ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ३८ अंकले ओरालो लागेर तीन सय ५५ दशमलव ७४ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज दुई सय ८४ वटा कम्पनीहरुको ६९ हजार आठ सय ३२ पटक सेयर किनबेच भएको छ । जसबाट आज ४८ लाख ३७ हजार आठ सय ९३ कित्ता सेयर किनबेच भएकोमा कारोबार रकम एक अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो देखिएको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया