Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारनौं अंकले उक्लियो सेयर बजार

नौं अंकले उक्लियो सेयर बजार

एकैदिन चार अर्ब भन्दा बढीको सेयर किनबेच


काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार बजार परिसुचक नेप्से नौं दशमलव १९ अंकले उकालो लागेर दुई हजार ३६ दशमलव शुन्य एक बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७५ अंकले उकालो लागेर तीन सय ६० दशमलव १५ बिन्दुमा चढेको छ ।

धितोपत्र बजारमा आज तीन सय १५ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ७२ हजार दुई सय ६१ पटकको कारोबारमा ९७ लाख ८९ हजार चार सय १६ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम चार अर्ब १४ करोड ३७ लाख ८३ हजार नौं सय ८९ रुपैंयाँ कायम भएको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएको छ । जसमध्ये होटल तथा पर्यटन, उत्पादनमुलक र लघुवित्त समुहको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १० वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया