Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारदोहोरो अंकले ओर्लिंयो सेयर बजार

दोहोरो अंकले ओर्लिंयो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले ओरालो लागेको छ । अघिल्लो दिन सामान्य अंकले ओरालो लागेको बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार भने १६ दशमलव ८२ अंकले ओरालो लागेर दुई हजार छ दशमलव ५२ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४२ अंकले ओरालो लागेर तीन सय ५५ दशमलव ७८ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज तीन सय १४ वटा कम्पनीहरुको ५० हजार पाँच सय २४ पटक सेयर किनबेच भएको छ । जसबाट ७२ लाख २३ हजार सात सय ७३ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम दुई अर्ब ७९ करोड ७५ लाख ७७ हजार चार सय ३२ रुपैंयाँ कायम भएको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएकोमा सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक राताम्मै भएको छ । जसमध्ये बाणिज्य बैंक उपसमुहको सुचक आठ दशमलव ५५ अंकले ओरालो लाग्दा बिकास बैंक उपसमुहको सुचक २२ दशमलव शुन्य आठ अंकले ओरालो लागेको छ । फाईनान्स उपसमुहको सुचक पनि ३३ दशमलव ५३ अंकले ओरालो लाग्दा जलबिद्युत उपसमुहको सुचक पनि २४ दशमलव १५ अंकले ओरालो लागेको छ । जीवन बीमा उपसमुहको सुचक पनि ३४ दशमलव २७ अंकले ओरालो लाग्दा निर्जीवन बीमा समुहको सुचक पनि ५१ दशमलव ४५ अंकले ओरालो लागेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, लघुवित्त, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र टे«डिङ उपसमुहहरुको सुचक पनि ओरालो लागेका छन ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया