Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारशुन्य दशमलव ७९ अंकले उक्लियो सेयर बजार

शुन्य दशमलव ७९ अंकले उक्लियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक नेप्से पुन उकालो लागेको छ । अघिल्लो दिन नौं दशमलव ५४ अंकले ओरालो लागेको बजार परिसुचक नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार शुन्य दशमलव ७९ अंकले उकालो लागेर दुई हजार १८ दशमलव ७६ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव २७ अंकले उकालो लागेर तीन सय ५८ दशमलव ३७ बिन्दुमा चढेको छ ।

धितोपत्र बजारमा आज तीन सय १५ वटा कम्पनीहरुको ५७ हजार दुई सय १८ पटक सेयर किनबेच भएको छ । जसबाट ८२ लाख ८२ हजार पाँच सय ५६ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब २३ करोड ३८ लाख १६ हजार चार सय तीन रुपैंयाँ कायम भएको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये लघुवित्त र अन्य उपसमुहको सुचक उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x