Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारसेयरबजारमा दबाब कहिलेसम्म ?

सेयरबजारमा दबाब कहिलेसम्म ?


काठमाडौं । सरकारले बजेट सार्वजनिक गरेपछि एक साता सेयरबजारमा गिरावट आयो । त्यसपछिको एक वर्ष बजारमा गिरावट त देखिएन तर सुस्त रह्यो । दैनिक औसतमा चार अर्ब हाराहारी कारोबार भए पनि बजारले गति लिन सकेको देखिएन ।

बजेटअघि नेप्सेमा उच्च वृद्धि भएको र बजेटपछि लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा नेप्सेमा दबाब परेको विश्लेषण गरिएको छ । समग्रमा बजार साइडबेज प्रवृत्तिमा देखिएको छ । लगानीकर्ताले सेयरको खरिद बढाउन नसक्दा नेप्सेमा दबाब आएको देखिन्छ ।

बजेटमा सेयर लगानीकर्ताका माग सम्बोधन नभएपछि लगानीकर्ताले सेयर खरिद बढाउन चाहेनन् । अहिले लगानीकर्ता मौद्रिक नीतिको पर्खाइमा छन् । मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले सेयर धितो कर्जामा लचक नीति लिने अपेक्षा लगानीकर्ताको छ । त्यही कारण अहिले लगानीकर्ता पर्ख र हेरको रणनीतिमा देखिन्छन् । त्यसैल गतसाता बजार सुस्त देखियो ।

नेप्से परिसूचक जम्मा आठ दशमलव २५ अंकले बढेर दुई हजार ७७ दशमलव ७८ विन्दुमा कायम भएको छ । औसत चार अर्ब १५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । बिहीबार साताकै सबैभन्दा धेरै चार अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो भने बुधबार साताकै सबैभन्दा कम तीन अर्ब ९९ करोड रुपैयाँबराबरको कारोबार भयो ।

सातामा सबैभन्दा व्यापार समूह १० दशमलव ३९ प्रतिशत बढेको छ । भगवति हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ३० दशमलव ९८ प्रतिशत बढेको छ । त्यसपछि ग्लोबल आईएमई लघुवित्तको २९ दशमलव ६४ प्रतिशत र बुद्धभूमि हाइड्रोपावरको २० दशमलव ९८ प्रतिशतले बढेको छ ।

पोखरा फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरैे ११ दशमलमव २१ प्रतिशत घटेको छ । त्यसपछि नारायणी डेभलपमेन्ट बैंकको ११ दशमलव शून्य दुई प्रतिशत घटेको छ । सर्वाधिक सेयर कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको ७५ करोड ११ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।


क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x