गाउँ रित्तिने अवस्थाको समाधान खोज्न आग्रह
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गाउँ रित्तिँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसको ६५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले गाउँ रित्तिने अवस्थाको समाधान खोज्न आग्रह समेत गरेका छन् ।
लोकतन्त्रपछि गाउँ–गाउँमा विकास पुगे पनि त्यसको उपभोग गर्ने व्यक्तिको अभाव हुँदै गएको उनले बताए । ‘लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने नागरिकको अभावमा गाउँ किन रित्तिदै छन् ? नीति, निर्माण र शासनसत्तामा बस्नेलगायत सबैको चिन्ता आज यसैमा केन्द्रित हुनुपर्छ’, उनले भने । शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ नेपाली नागरिक ताँती लागेर विदेशिने क्रमलाई रोक्ने गरी रोजगारी र सिपमूलक शिक्षा दिन जरुरी रहेको उनको भनाइ थियो ।
कुनै पनि देशको शिक्षा सामाजिक, आर्थिक अवस्था र आवश्यकताअनुरूप निर्धारण हुनुपर्नेमा जोड दिँदै उनले बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पु¥याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुन सक्ने शिक्षा नीति तथा कार्यक्रम निर्माण गर्न सुझाव दिए । यसका लागि सामूहिक प्रयत्न जरुरी रहेको उनको भनाइ थियो । यसको थालनी उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाले गर्न आवश्यक रहेको उनले बताए ।
यस्तै, उनले देशकै शैक्षिक संस्था सरस्वती क्याम्पससँग अहिलेको अवस्थामा पनि भौतिक संरचना अभाव रहेको भन्दै भौतिक पूर्वाधारलगायतमा विशेष सहयोग गर्न सरकारसँग आग्रह गरे । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा शिवलाल भुसालले नयाँ संस्था स्थापना गर्नेभन्दा पनि भएको संस्थालाई सबलीकरण गरेर जानुपर्ने बताए ।
विश्वविद्यालयले राज्यको उत्पादनसँग जोड्ने योजना बनाउनुपर्नेमा जोड दिँदै उनले पढ्दै, सिक्दै र आर्जन गर्दै जाने वातावरण सिर्जना गरिनुपर्ने उल्लेख गरे । विसं २०१६ पुस १० गते स्थापना भएको सरस्वती बहुमुखी क्याम्पसमा हाल दुई सयभन्दा बढी प्राध्यापक र २५ कर्मचारी कार्यरत छन् । सो क्याम्पसमा स्नातक र स्नातकोत्तर तहअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रममा करिब सात हजार विद्यार्थी अध्ययनरत छन् ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #Page 8
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया