Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधसामाजिक सञ्जालमार्फत पार्सल पठाइदिन्छु भन्दै ठगी गर्ने युवा पक्राउ, उनीविरुद्ध ३४ जनाको उजुरी

सामाजिक सञ्जालमार्फत पार्सल पठाइदिन्छु भन्दै ठगी गर्ने युवा पक्राउ, उनीविरुद्ध ३४ जनाको उजुरी


काठमाडौं । समाजिक सञ्जालहरूमार्फत विभिन्न व्यक्तिलाई पार्सल पठाईदिन्छु भनि ठगी गर्ने गरेको अभियोगका एक युवा पक्राउ परेका छन् । सप्तरी राजविराज नगरपालिका डुम्री ठेगाना भएका २६ वर्षीय डम्बर साहलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

साहविरूद्ध ३४ जनाको उजुरी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । साहले ह्वाटस् एप, फेसबुक, इमो जस्ता समाजिक सञ्जालहरूमा विभिन्न व्यक्तिलाई पार्सल पठाईदिन्छु भनि ठगी गर्ने गरेका थिए । अनलाइन ठगी गरी रकमान्तर भएका खाताहरूको व्यवस्थापन गर्ने गरेको अभियोगमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पाँचथर फिदिमको समन्वयमा फिदिमस्थित अस्पताल चोकबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार साहले संचालन गरेको उद्गम, भेन्चर, क्यापटल, प्रोफिट ग्रुप र डम्बर साहको व्यक्तिगत खातामा विभिन्न लेयरमा रकम पठाउने गरेको तथा उक्त रकमहरू पिडकले खोजेको बखतमा(क्यास, क्रिप्टो, बैंक टान्सफर, इन्ट्रेसेट)समेत उपलब्ध गराउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाएको जनाइएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया