Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराध३५ वर्षीय बिक्रमको हत्या अभियोगमा १९ वर्षीय युवा पक्राउ

३५ वर्षीय बिक्रमको हत्या अभियोगमा १९ वर्षीय युवा पक्राउ


झापा । बुद्धशान्ति गाउँपालिकास्थित पाथिभरा ब्लक उद्योगमा काम गर्ने पाँचथर नागी गाउँपालिका घर भएका ३५ बिक्रम सेनेहाङको हत्या गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । झापा शिवसताक्षी नगरपालिका पोखरी टोल घर भई सोही ब्लक उद्योगमा काम गर्ने १९ वर्षीय मिलन पुरकोटीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

सामान्य विवादमा पुरकोटीले काठको मुङ्ग्रो र फलामको हम्मर प्रहार गर्दा बिक्रम गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते बिक्रमको विएण्डसी अस्पताल बिर्तामोड हुँदै नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया