Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ क्षेत्रमा कर्जा खाता कति ? बैंकहरूमा निक्षेप खाता ४७ लाख नाघ्यो

बैंकिङ क्षेत्रमा कर्जा खाता कति ? बैंकहरूमा निक्षेप खाता ४७ लाख नाघ्यो


काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप खाताको संख्या पाँच करोड ४७ लाख नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नवौँ महिना चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा सक्रिय रहेका खाता संख्या पाँच करोड ४७ लाख ४५ हजार पाँच सय ८७ पुगेको छ ।

कुल कर्जा खाताको संख्या भने १८ लाख ८६ हजार आठ सय ९९ मात्रै छ । निक्षेप र कर्जा खाताको संख्याको अन्तर पाँच करोड २८ लाख ५८ हजार छ सय ८८ छ ।

वाणिज्य बैंकहरूको देशभर रहेका पाँच हजार ४२ वटा शाखामा कुल चार करोड ६८ लाख ९२ हजार ३२ निक्षेप खाता खोलिएका छन् । कुल कर्जा खाता संख्या भने १५ लाख ५४ हजार सात सय तीन छ । वाणिज्य बैंकहरूमा कुल निक्षेप खाता र कुल कर्जा खाता संख्याको अन्तर चार करोड ८५ लाख ५३ लाख ३७ हजार तीन सय २९ छ ।

देशभर सञ्चालनमा रहेका विकास बैंकहरूका एक हजार एक सय ३५ वटा शाखाहरूमा कुल ६९ लाख ९६ हजार नौ सय ४२ निक्षेप खाता सञ्चालनमा छन् । यस अवधिमा कर्जा खाताहरूको संख्या भने दुई लाख ८९ हजार चार सय ९९ मात्र छ । विकास बैंकहरूमा निक्षेप खाता र कर्जा खाता संख्याको अन्तर ६७ लाख सात हजार चार सय ४३ छ ।

फाइनान्स कम्पनीहरूको देशभर रहेका दुई सय ८८ वटा शाखामा आठ लाख ५६ हजार छ सय १३ निक्षेप खाता सञ्चालनमा छन् । यस अवधिमा फाइनान्सहरूमा सञ्चालनमा रहेको कुल कर्जा खाताको संख्या ४२ हजार छ सय ९७ मात्रै छ । फाइनान्स कम्पनीहरूमा निक्षेप खाता कर्जा खाताभन्दा आठ लाख १३ हजार नौ सय १६ वटा बढी सञ्चालनमा छन् ।

बैंक तथा वित्तीय संस्थामा खोलिएका कुल निक्षेप खाताको तुलनामा कर्जा खाता जम्मा तीन दशमलव ४५ प्रतिशत मात्रै खोलिएका छन् । यसको अर्थ एक सय जना व्यक्तिबाट निक्षेप लिएको पैसा तीन दशमलव ४५ जना व्यक्तिले चलाइरहेका छन् भन्ने हुन्छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप कर्जा खाताको यो फरकले केही सीमित र पहुँचवाला व्यक्ति तथा घरानाले मात्रै कर्जाको उपयोग गरिरहेका छन् आरोपलाई बलियो समर्थन गरेको छ । वित्तीय क्षेत्रमा उपलब्ध रहेको ठूलो परिमाणको स्रोत साधनको उपभोग सीमित व्यक्तिमा मात्रै प्रवाह हुँदा यसले अर्थतन्त्रमा जोखिम निम्त्याइरहने अर्थशास्त्रीहरू बताउँछन् ।

राष्ट्र बैंकका अनुसार कुल एटीएम काउन्टरको संख्या पाँच हजार ९६ पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरूको चार हजार सात सय चारवटा, विकास बैंकहरूको तीन सय ४८ वटा एटीएम काउन्टर सञ्चालनमा छन् । फाइनान्स कम्पनीहरूले जम्मा ४४ वटा एटीएम काउन्टर सञ्चालन गरिरहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x