आईएमई लाइफको साधारण सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (नेप्से सिम्बोल आईएलआई) र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबीच कम्पनीको प्रतिसेयरअंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ कायम भएको चार करोड कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । कम्पनीले सर्वसाधारण समक्ष सिभिल क्यापिटल मार्केट लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक)मार्फत साधारण सेयरको खुल्ला बिक्री आह्वान गरेको थियो ।
कम्पनीले सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरू समेत) ३० प्रतिशत अर्थात् एक करोड २० लाख कित्ता सेयरवितरण गरेको र कम्पनीका संस्थापक सेयरधनीहरूको ७० प्रतिशत अर्थात् दुई करोड ८० लाख कित्ता समेत गरी चार करोड कित्ता साधारण सेयरधितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति २०८०/०४/१७ गतेको नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको निर्णयानुसार स्टक एक्सचेन्जमा सूचीकरण भएको छ । बिहीबार कम्पनी र नेपाल स्टक एक्सचेन्जबीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको हुँदा सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट धितोपत्रको कारोबार सुरु हुनुपर्ने भए पनि सो दिन शुक्रबार र तत्पश्चात् शनिबार पर्ने भएकाले सम्भवतः अर्काे साता अर्थात् आइतबारबाट कारोबार सुरु हुने बताइएको छ ।
कम्पनीको प्रधान कार्यालय काठमाडौं जिल्ला, लैनचौरमा रहेको र सूचीकरणपश्चात् दिनुपर्ने सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण सेवा ग्लोबल आईएमई क्यापिटल लिमिटेड नक्सालबाट हुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- लुम्बिनी प्रदेशः करिब रु ३८ अर्ब ९६ करोड विनियोजन
- समृद्धिको अभिभारा पूरा गर्न एमाले सक्षम छस् अध्यक्ष ओली
- सुदूरपश्चिम प्रदेशः रु ३१ अर्ब ६२ करोड बजेट पेस
- उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी
- कोशी प्रदेश ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक
- कर्णाली प्रदेशः आगामी आवका लागि रु ३१ अर्ब ४१ करोड बजेट विनियोजन
- सातै प्रदेशका सरकारको बजेट आज सार्वजनिक हुँदै
- लोक सेवा आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति
धेरैले पढेको
- बीमा प्राधिकरणमा कार्यकारी नियुक्तिमा झेलैझेल
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया