भारतीय सीमा नजिक १०८ फिट अग्लो राष्ट्रिय झण्डा
सर्लाही । सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा भारतीय सीमाना नजिक १०८ फिट अग्लो राष्ट्रिय झण्डा स्थापना गरिएको छ । मधेश प्रदेश सरकारको विशेष अनुदानमा १०८ फिट अग्लो झण्डाको निर्माण सम्पन्न भएको हो ।
३० लाखको लागतमा निर्माण भएको उक्त झण्डाको झण्डोत्तोलन तथा शिलालेख अनावरण मलंगवा नगरपालिका मेयर नागेन्द्रप्रसाद यादव र मधेश प्रदेश सरकारका अर्थमन्त्री सञ्जय कुमार यादवले संयुक्तरूपमा गरेका थिए ।
समारोहमा पूर्वसांसद लक्ष्मण राय, मधेश प्रदेशका सांसद कौशल किशोर राय, मलंगवा नगरपालिकाका उपप्रमुख शकुन्तला देवी साह, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव राजनीतिक दलका प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखलगायत नागरिक समाज, उद्योगी, व्यवसायी संघसंस्था, प्रधानाध्यापक, शिक्षक, राष्ट्रसेवक कर्मचारीलगायतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
- खुकुरी प्रहार गरी फरार रहेका दश जना पक्राउ
- नेपालमा बैबाहिक जबरजस्ति करणीको कानुन आउनुको विधिशास्त्रीय औचित्य
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया