एनआईसी एसिया लघुवित्तले ब्याज रकममा थप १० प्रतिशत ब्याज छुट दिने
काठमाडौं, वैशाख ३०
एनआईसी एसिया लघुवित्तले ब्याज रकममा थप १० प्रतिशत छुट दिने भएको छ । संस्थाले आफ्नै पहलमा सबैै प्रकारका कर्जाहरूमा लागू हुनेगरी ल्याएको वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता/ब्याज रकम २०७७ वैशाख मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशत र हर्जाना ब्याजको शत प्रतिशत मिनाहा गर्ने योजनासमेत ग्राहक सदस्यहरूलाई लागू गरेको हो ।
साथै राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम एनआईसी एसिया लघुुवित्तका ऋणीहरूले चैत्र मसान्तसम्म कायम रहेको कर्जा ब्याज दरमा तीन प्रतिशत ब्याज छुट प्रदान गरेपश्चात् हुनआउने ब्याज रकममा समेत १० प्रतिशतको अतिरिक्त छुट प्रदान गर्ने व्यवस्था यस संस्थाले गरेको छ । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा यस संस्थाबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरूमा लागू हुने र यसरी प्राप्त गर्नुपर्ने छुट रकम जेष्ठ महिनाको पहिलो साताभित्र सम्बन्धित ग्राहक सदस्यको यस संस्थाको खातामा जम्मा गरिनेछ ।
संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन वमोजिम २०७६ चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत्र महिनाभित्र भुक्तानी गरेका ऋणीहरूको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुट रकम १९ लाख ८३ हजार पाँच सय ६७ रूपैयाँ ग्राहकको खातामा जम्मा गरिसकेको जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकले मिति २०७७/१/१६ गते कोभिड १९ बाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरूले ऋणीहरूको २०७६ चैत्र मसान्तसम्म कायम ब्याज दरमा तीन प्रतिशतले कम गर्न निर्देशन जारी गरी यसबाट ऋणीहरूको २०७६ चैत्र मसान्तमा कायम ब्याजदरमा तीन प्रतिशतको बिन्दुले कम गरी आर्थिक वर्ष २०७६/७७ को चौथो त्रयमासको ब्याज रकममा गणना गर्नुपर्ने तथा यसरी ब्याजदर गणना गर्दा बैंक तथा वित्तीय संस्थाहरू आधारदरभन्दा कम गर्न बाध्यकारी नहुने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।
तर, उक्त छुट खाद्यान्न प्रशोधन तथा बिक्री वितरण, ग्यास उत्पादन तथा बिक्री वितरण, सोप एण्ड केमिकल्स, औषधि बिक्री वितरण, दूरसञ्चार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सुर्ती तथा मदिराजन्य उद्योग र सञ्चालनमा रहेका जलविद्युत् परियोजनाजस्ता क्षेत्रहरूमा नपाइने व्यहोरासमेत उल्लेख गरिएको छ । यसअघि पनि नेपाल राष्ट्र बैंकले मिति २०७६/१२/१६ मा निर्देशन जारी गर्दै २०७६ चैत्र मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा ऋणीहरूले चैत्र महिनाभित्र नै ब्याज तथा किस्तामा समाविष्ट ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्न निर्देशन दिएको थियो ।
जसअनुसार ऋणीहरूले चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याजलगायत तिर्न बाँकी रहेको बक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट गर्न निर्देशन थियो । संस्थाले एक सय पाँचवटा शाखा कार्यालयहरूबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको संस्थाले ४७ करोड ५५ लाखबराबरको प्रथमिक सर्वसाधारण सेयर निष्काशन निकट भविष्यमा जारी गर्ने व्यवस्था गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया