Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकद्वारा दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा दुर्घटना बीमा रकम हस्तान्तरण


काठमाडौं  । सानिमा बैंकले सानिमा दुर्घटना बीमाबापतको रकम हस्तान्तरण गरेको छ । बैंकका अनुसार सुपर सेभिङ खाताअन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरिएको हो । बैंकका खातावाला राजेन्द्र पिठाकोटीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ । सानिमा बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक मुना पौडेलले संयुक्तरूपमा बीमा रकम हस्तान्तरण गरेका हुन् । दुर्घटनाका कारण मृत्यु भएका राजेन्द्र पिठाकोटीले सानिमा बैंकको हेटौंडा शाखामा सानिमा सुपर सेभिङ खाता खोलेका थिए ।

बैंकले सानिमा सुपर सेभिङ खाताअन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बीमा, १० हजार रूपैयाँसम्मको ओपीडी भुक्तानी शुल्कसहितको ५० हजार रूपैयाँसम्मको औषधि उपचार बीमा र पाँच हजार रूपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका साथै अन्य थुप्रै सेवाहरूमा छुट प्रदान गर्दै आइरहेको छ । बैंकको देशका सात वटै प्रदेशमा एक सय ३३ वटा शाखा कार्यालय तथा एक सय २४ वटा एटीएम सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया