मतदानबाट तोकियो तामाकोशी गाउँपालिकाको स्थायी केन्द्र
दोलखा । जिल्लाको तामाकोशी गाउँपालिकाले मतदानमार्फत स्थायी केन्द्र तोकेको छ । पालिकाको ११औँ गाउँसभाले मतदानबाट वडा नम्बर–३ स्थित जफेको मानेडाँडा स्थायी केन्द्रको रूपमा तोकिएको हो ।
पालिकाको केन्द्र तोक्ने प्रस्तावमा मंगलबार मतदान भएको थियो । उक्त केन्द्रको पक्षमा खसेको ३८ मतमध्ये २९ मत प्राप्त भएको निर्वाचनमण्डका सदस्य रामकुमार कार्कीले जानकारी दिए । कार्कीका अनुसार विपक्षमा पाँच मत खसेको थियो भने दुई मत तटस्थ र दुई मत बदर भएको थियो । केन्द्रको टुङ्गो लगाउन दुईतिहाइ मतका लागि २६ मतको आवश्यक थियो तर मानेडाँडाको लागि २९ मत खसेको हो । लामो समयदेखि केन्द्र तोक्ने विषयमा विवाद झेल्दै आएको पालिकाले सात वर्षपछि दुईतिहाइ मतले तोकेको छ । मंगलबार नै अन्य दुई स्थानमा केन्द्र तोक्नेसम्बन्धी प्रस्तावमा पनि मतदान भएको थियो ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8
ताजा अपडेट
- सवारीसाधन र घरजग्गा कर्जा खुकुलो
- स्टार्ट–अपलाई १० वर्षसम्म आयकर छुट
- एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
- जाहेरी दिएपछि कार्यान्वयन गर्न थप के–के गर्नुपर्छ महोदय ?
- संसदीय छानबिन समिति गठन गर्न दलहरू सहमत
- देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया