Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकाकार्यसम्पादनमा अब्बल सियारी गाउँपालिका

कार्यसम्पादनमा अब्बल सियारी गाउँपालिका


बुटवल । सियारी गाउँपालिका रुपन्देही चालू आर्थिक वर्षमा कार्यसम्पादनदेखि अन्य विभिन्न क्षेत्रहरूमा अब्बल बन्दै गएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले पालिकाको राजस्व संकलनलाई पूर्णतया अनलाइन प्रणालीमा आबद्ध गरिएको बताए ।

गाउँपालिकाले नागरिकको अपेक्षाअनुसार सबै काम हुन नसकेको भए पनि न्यायिकसम्बन्धी कार्यहरू, व्यवस्थापकीय कार्य र विकासात्मक कार्य भने प्रभावकारी ढंगले अगाडि बढीरहेको बताए । योजना तर्जुमा, कार्यान्वयन, कार्यको लाभ समुदायको सहज पहुँच हुने अवस्था सिर्जना भएको उनको भनाइ छ । यस्तै, उनले गाउँपालिकाभित्रका युवाहरूलाई प्रोत्साहन गर्नका विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । त्यसैगरी लक्षित समूहका लागि निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क ब्लड ट्रान्सफ्युजनको व्यवस्था, निःशुल्क मोतियाविन्दुको अप्रेसन सुविधा उपलब्ध गराइएको जानकारी दिए ।

कृषि उत्पादन बृद्धिको लागि उन्नत जातको बर्सिम घाँस र साना यान्त्रीकरणमा ५० प्रतिशत, सिचाईका लागि ६० प्रतिशत, तेल्हन बालीको विकासका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराइएको पालिकाको कृषि शाखाले जनाएको छ । यस्तै, बीउविजन अनुदान तथा सहुलियत, बाली संरक्षणका लागि निःशुल्क विषादी वितरणलगायत कार्यक्रम सञ्चालन गर्ने गरेको पालिकाले जनाएको छ ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया