चितवनमा एनपीनोगको पाँच दिने सूचना प्रविधि कार्यशाला हुने
काठमाडौं । आगामी माघ १४ देखि १८ गतेसम्म चितवनमा सूचना प्रविधि कार्यशाला ’एनपीनोग नाइन’ हुने भएको छ । इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनोग)ले संयुक्तरूपमा सञ्चालन गर्ने पाँच दिने यो कार्यशालामा नेटवर्क एसेन्सियल्स विषयमा विभिन्न विज्ञले प्रस्तुति दिनेछन् ।
कार्यशालामा नेटवर्किङ एवम् सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका व्यावसायिक विज्ञहरूबाट विषयगत तालिम सञ्चालन हुने बताइएको छ । इन्टरनेट पूर्वाधार निर्माण र व्यवस्थापनमा उच्च दक्ष प्राविधिक जनशक्तिको आवश्यकतालाई सम्बोधन गर्न कार्यशाला आयोजना गर्न लागिएको आयोजकको भनाइ छ । कार्यशालामा ४५ जना सहभागी हुने बताइएको छ । यसअन्तर्गत एनपीनोग नाइन फेलोसिप प्रोग्रामबाट छ जना सहभागी छनोट गरिनेछ । फेलोसिप प्रोग्राममा एनपीआईएक्स, इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान), नेपाल रिसर्च एन्ड एजुकेसन नेटवर्क (एनआरईएन) का सदस्यहरूलाई रजिस्ट्रेसनमा १५ प्रतिशत छुट दिइएको छ भने विद्यार्थी र महिला सहभागीलाई ३० प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- स्टार्ट–अपलाई १० वर्षसम्म आयकर छुट
- एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
- जाहेरी दिएपछि कार्यान्वयन गर्न थप के–के गर्नुपर्छ महोदय ?
- संसदीय छानबिन समिति गठन गर्न दलहरू सहमत
- देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया