काठमाडौं, जेठ १४
नेपालमा एकै दिन ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात सय ७२ पुगेको छ । मंगलबारबाट कोरोना संक्रमित जिल्लाको संख्या ४६ पुगेको छ । एकै दिन यति धेरै संक्रमित थपिएको यो नै पहिलो घटना हो । मंगलबारसम्म एक सय ५५ जना कोरोनालाई जितेर घर फर्किएका छन् । चार जनाको भने कोरोनाको कारण मृत्यु भएको छ । मंगलबार मात्र नारायणी अस्पतालमा पर्साका ४३ जना डिस्चार्ज भएका छन् । ७ देखि ५३ वर्ष उमेर समूहका मानिसहरू मंगलबार ११ देखि १६औँ दिनमा डिस्चार्ज भएका हुन । तीमध्ये दुई महिला र ४१ पुरुष छन् ।
सोमबार मात्रै ७९ जनामा सङ्क्रमण देखिएको थियो । महोत्तरीमा दुई, जुम्लामा दुई, बारामा तीन, रौतहटमा २२, सिराहामा पाँँच, धनुषामा एक, बाँकेमा आठ, रुपन्देहीमा एक, अर्धाखाचीमा दुई, गुल्मीमा दुई, कैलाली र अछाममा एक एक, स्याङ्जामा दुई, सुर्खेतमा १२ र कपिलवस्तुमा २६ जनामा कोरोना देखिएका छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा महोत्तरी, मनरा गापा १० वडा नं. २ का ३० र ३५ वर्षीय पुरुष, जुम्ला हाल बारामा कार्यरत दुई जना ३५ र ३६ वर्षका पुरुष, बारा पचाटा नपा वडा नंं १ का पिपरपती मावि क्यारेन्टिनम रहेका तीन जना क्रमशः १९, ३० र ३५ वर्षका पुरुष रहेका छन् । यसैगरी रौतहट गौर नगरपालिका वडा नंं १, २ र ६ का आठ जना चार वर्षदेखि ४० वर्षका छन् । तीमध्ये एक महिला र सात पुरुष छन् ।
यसैगरी रौतहट देवाही गोनाही नगरपालिका वडा नं. २, ७ र ८ नम्बर वडाका ६ जना १८ देखि ४१ वर्षका पुरुष छन् । रौतहटकै करुनिया वडा नं १ र ४ का २६ देखि ४८ वर्षका ६ पुरुषमा पनि सङ्क्रमण देखिएको छ । रौतहटकै राजदेवी नगरपालिका वडा नंं ६ का २२ वर्षीय एक पुरुष, रौतहटकै गरुडा नगरपालिका वडा नंं १ का २४ वर्षीय पुरुष छन । सिराहा नवराजपुर वडा नंं १ का १८ वर्षीय पुरुष, सिराहा भगवानपुर गाउपालिका वडा नंं ४ र ५ का २५ देखि २९ वर्षीय चार पुरुष, धनुषा वेलामुखियायत्ति गाउँपालिका वडा नं १ का २२ बर्षीय एक पुरुष छन् ।
यसैगरी भेरी अस्पतालमा नेपालगञ्जमा गरिएको परीक्षणमा आठ जनामा सङ्क्रमण देखिएको छ । बाँकेका २० वर्षदेखि ४६ वर्षसम्मका सात जना पुरुष तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १ का २२ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको छ । रुपन्देहीको परीक्षणमा कपिलवस्तु मायादेवी ७ का २२ र ५० वर्षका दुई पुरुष, अर्घाखाची कमला माविमा रहेका १९ र ४३ वर्षका पुरुष, गुल्मी धुर्कोटका एक ३६ वर्ष र अर्को एक जना उमेर नखुलेका पुरुष गरी दुई र रुपन्देही लुम्बिनी अस्पतालमा २२ वर्षका एक जना छन् ।
सेती अस्पताल धनगढीमा गरिएको परीक्षणमा कैलालीका ३८ वर्षीय पुरुष र अछामका एक ११ वर्षीय महिला छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा स्याङ्जा बालिङ ७ का २० र २९ वर्षीय दुई पुरुष छन् । सुुर्खेत प्रादेशिक अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा सङ्क्रमण देखिएको छ । सुर्खेत वीरेन्द्रनगर वडा नंं १, २, ३ र ६ का ९ वर्षदेखि ४६ वर्षका आठ जना रहेका छन् । तिमध्ये एक जना महिला र सात पुरुष छन् । यसैगरी सुर्खेत भेरीगंगा ८ का १६ र १७ वर्षका दुई पुरुष, सुर्खेत सिम्ता ४ का ३५ र ४९ वर्षका दुई पुरुष, यस्तै कपिलवस्तुमा गरिएको परीक्षणमा कपिलवस्तुका दुई वर्षदेखि ५५ वर्षसम्मका २४ जना रहेका छन् । तिमध्ये एक महिला र २३ पुरुष छन् । अहिलेसम्म ७७२ सङ्क्रमितमा ६८८ पुरुष र ८४ महिला छन् ।
सरकारले ५५ हजार दुई सय ८२ जनालाई क्वारेन्टाइनमा राखेको छ । पछिल्लो समयमा भारतबाट नेपालीको आउने क्रम जारी रहेको कारण क्वारेन्टाइनमा बस्नेको संख्या बढेको हो । कोरोना संक्रमितहरु पनि भारतबाट आएका वा भारतबाट आएकासँग सम्पर्कमा आएकाहरु बढी छन् । वैशाखमा लकडाउनमा केही खुकुलो पार्दा पनि कोरोना संक्रमितको संख्या बढ्न गएको अनुमान गरिएको छ ।
सरकारले ५४ हजार चार सय २४ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको छ । भारतबाट बिना परीक्षण नेपाल भित्रिनेको संख्या बढेको कारण कोरोना संक्रमितको संख्या अझै बढ्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य संगठनले स्वदेश फिर्ता हुन चाहनेलाई हाल बसोबास रहेको देशले कोरोना परीक्षणलाई अनिवार्य भने पनि भारतले नेपालीलाई कोरोना परीक्षण नगरी धमाधम नेपाल पठाइरहेको छ । सरकारले आरडीटी विधिबाट ९७ हजार नौं सय ६७ जनाको परीक्षण गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया