फेडेरल रि–इन्स्योरेन्स ब्रोकर र निर्माबीच साझेदारी
काठमाडौं । फेडेरल रि–इन्स्योरेन्स ब्रोकर्स लिमिटेड (एफआरबीएल) र नेपाल इन्स्योरेन्स एन्ड रिस्क म्यानेजमेन्ट एसोसिएसन (निर्मा) बीच समझादारी भएको छ । बीमा, जोखिम व्यवस्थापन तथा सामाजिक सुरक्षाको क्षेत्रमा क्षमता अभिवृद्धि, खोज तथा अनुसन्धान साथै जागरण कार्यक्रमहरूको लागि दीर्घकालीन सहकार्य गर्नेसम्बन्धी रणनीतिक समझदारी मंगलबार फेडेरलको कार्यालय काठमाडौंमा सम्पन्न भएको हो ।
सो सम्झौतापत्रमा फेडेरल रि–इन्स्योरेन्स ब्रोकर्स लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक सुवर्ण पौडेल तथा नेपाल इन्स्योरेन्स एन्ड रिस्क म्यानेजमेन्ट एसोसिएसनको तर्फबाट अध्यक्ष डा रविन्द्र घिमिरेले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा दुवै संस्थाको उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
फेडेरल पब्लिक लिमिटेडको रूपमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट इजाजत पत्र प्राप्त पुनर्बीमा दलाल कम्पनी हो । यसले स्थापनाको छोटो समयमै बेलायतबाट प्रतिष्ठित गुणस्तर चिह्न आईएसओ ९००ः२०१५ र इन्डियन चेम्बर अफ कमर्सबाट नेपालको तर्फबाट ब्रोकर अफर दि एयर २०२३ को उपाधि हासिल गर्न समेत सफल भएको छ भने अर्कोतर्फ, बीमा, जोखिम व्यवस्थापन र सामाजिक सुरक्षाको क्षेत्रमा कार्यरत पेशाकर्मी, प्राज्ञ, विज्ञ र अनुसन्धानकर्ताहरूको साझा मञ्चको आवश्यकतालाई अनुभूति गर्दै स्थापना गरिएको नेपाल इन्स्योरेन्स एन्ड रिस्क म्यानेजमेन्ट एसोसिएसन (निर्मा) को मुख्य उद्देश्य जनचेतना अभिवृद्धि तालिम, शिक्षा, अनुसन्धान र प्रकाशनमार्फत बीमा उद्योगको प्रवद्र्धन गर्नु रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
- जाहेरी दिएपछि कार्यान्वयन गर्न थप के–के गर्नुपर्छ महोदय ?
- संसदीय छानबिन समिति गठन गर्न दलहरू सहमत
- देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया