राजीनामा दिएका डीआइजी चन्दको घर विदा स्वीकृत ?
काठमाडौं,राज्यका सबै निकायको संगठित मिलेमतोमा त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलबाट निरन्तर भइरहेको अबैध भिजिट भिसाको नामको मानव तस्करी,सुन तस्करी लगायतको तस्करीमा घटना एकपछि अर्को उदाङ्गो हुँदै गएपछि शर्मनाक अवस्थामा पुगेपछि पदीय दायित्व अनुसार नाकको चालले नैतिकताको आधारमा दुई दिन अघि राजीनामा दिएका एयरपोर्ट प्रहरी प्रमुख डीआइजी अर्जुन चन्द्र ठकुरीको प्रहरी प्रधान कार्यालयले नमागेको दशदिनको विदा स्वीकृत गरेर एयरपोर्ट वाट हुने संगठित तस्करीमा आइजीपी सचिवालय सम्मको संलग्नता रहेको संकेत गरेको छ । सामान्यतया जहाँपनि भाग अनुसारको वोधन हुने गर्दछ र अदालतमा पनि मागदावीकै सेरोफेरोमा फैला हुने विश्व्यापी प्रचलन छ तर नेपाल प्रहरीका आइजीपी बसन्तबहादुर कुँवरको हकमा भने यो विश्वव्यापी मान्यता लागू हुँदो रहेनछ । पारिवारिक कारण देखाएर राजीनमा दिएका एयरापोर्ट प्रहरी प्रमुख डीआइजी चन्दले विदा मागेका थिएनन् ।
पदबाट राजीनामा दिएका थिए । तर उनले नमागेको दश दिनको घर विदा आइजीपी कुँवरले किन र कसरी स्वीकृत गरे होलान भन्ने कुरोको चुरो सजिलै आकलन गर्न सकिन्छ । कहीं नभएको जात्रा हाँडी गाउँमा भनेको जस्तै भएको छ नक्सालमा लाज घिन पचेपछि मानिसलाई केहीको पनि परवाह हुँदैन भन्ने कुरालाई यही घटनाले चरितार्थ गरेर देखाएको छ । राजीनामा दिएको व्याक्तिको राजीनामा स्वीकृत हुन्छ कि अस्वीकृत हुन्छ तर घरविदा कसरी स्वीकृत भयो, त्यसको जवाफ आइजीपीले दिनुपर्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- लुम्बिनी प्रदेशः करिब रु ३८ अर्ब ९६ करोड विनियोजन
- समृद्धिको अभिभारा पूरा गर्न एमाले सक्षम छस् अध्यक्ष ओली
- सुदूरपश्चिम प्रदेशः रु ३१ अर्ब ६२ करोड बजेट पेस
- उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी
- कोशी प्रदेश ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक
- कर्णाली प्रदेशः आगामी आवका लागि रु ३१ अर्ब ४१ करोड बजेट विनियोजन
- सातै प्रदेशका सरकारको बजेट आज सार्वजनिक हुँदै
- लोक सेवा आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति
धेरैले पढेको
- बीमा प्राधिकरणमा कार्यकारी नियुक्तिमा झेलैझेल
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया