नेसनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी
काठमाडौं । नेसनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी नियुक्त भएका छन् । कलेजको बोर्ड बैठकले शाहनवाज अन्सारीलाई आगामी पाँच वर्षका लागि प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।
गत फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले शाहनवाज अन्सारीलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको कलेजले जनाएको छ । अन्सारी यसअघि कलेजको निर्देशक भएर कार्यरत थिए । प्रबन्ध निर्देशकमा नियुक्त भएसँगै शाहनवाज अन्सारीले नेसनल मेडिकल कलेजको स्वास्थ्य सेवा र मेडिकल शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउँदै लैजाने बताए । मधेश प्रदेशकै ठूलो स्वास्थ्य संस्थाका रूपमा रहेको नेसनल मेडिकल कलेज मधेश प्रदेशका जनताको स्वास्थ्यको भसोराको केन्द्र रहेको तथा सीमावर्ती भारतीय नागरिकको स्वास्थ्योपचारको समेत केन्द्रविन्दु रहेकाले उनीहरूको आस्था र भसोरालाई अझ बलियो बनाउन आफू लागिपर्ने उनले बताए । उनी कलेजका अध्यक्ष प्राडा जैनुद्दिन अन्सारीका छोरा हुन् ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3
ताजा अपडेट
- देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया