Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगविश्व समुदाय ‘सिक्स–जी’को तयारीमा !

विश्व समुदाय ‘सिक्स–जी’को तयारीमा !


काठमाडौं  । दूरसञ्चारको नेपाली बजार अझै ‘फोर–जी’ (चौथो जेनेरेसन)मा राम्रोसँग चलमलाउन नपाएको अवस्थामा विश्वबजारमा चाहिँ ‘सिक्स जी’ (छैटौँ जेनेरेसन)को चर्चा सुरु भएको छ ।

नेपालमा अहिले नाममात्रको ‘फोर–जी’ सेवा सञ्चालनमा छ र ‘फाइभ–जी’ (पाँचौँ जेनेरेसन) सेवाका बारेमा कुनै पनि पूर्वाधार तयार हुन सकेको छैन । ‘थ्री–जी’ (तेस्रो जेनेरेसन) सेवाको संरचनामा फोर–जीको चिप्स टाँसेर सरकारले बेइमानीपूर्वक सञ्चालन गरेको दाबी गरे पनि अधिकांश क्षेत्रमा थ्री–जी सेवामै भर पर्नुपरेको छ । यस्तो अवस्थामा नेपालमा फाइभ–जी सेवाको आसा गर्नु र सिक्स–जी सेवाको अपेक्षा गर्नु कल्पनामा मात्रै सीमित हुनुपर्ने भएको छ । तर, यही विश्वसमुदायचाहिँ सिक्स–जी सेवाको तयारीमा जुटेको छ ।

सन् २०२४ मार्च १८ देखि २१ तारिखसम्म हल्यान्डको माट्रिस्चमा थ्री–जी ‘पीपी आरएएन’को १०३औँ सम्मेलन सम्पन भयो । त्यस सम्मेलनका मुख्य विषय थियो सिक्स–जी मोबाइल प्रविधिको स्टान्डर्ड विकासको समयतालिका तय गर्ने । साथै फाइभ–जीको अन्य विषय वस्तुमा पनि छलफल गर्यो ।

भूतपूर्व पुस्ताको मोबाइल प्रविधिको स्टान्डर्ड विकासजस्तै सिक्स–जीको विकास पनि अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन (आईटीयु)ले प्रस्तुत गरेको समयतालिकालाई मध्यनजर राखी थ्री–जी पीपीले विस्तृत योजना तय गरेको छ । योजनाअनुसार सन् २०२५ को सुरुवातदेखि ‘आरएएन प्लेनरी’मा सिक्स–जीको मापदण्डको विषयमा अध्ययन सुरु हुनेछ र मार्च महिनामा बृहत् सम्मेलन हुनेछ ।

साथै सन् २०२५ को अगष्ट महिनादेखि थ्री–जी पीपीको विभिन्न कार्यदलहरूमा आवश्यक प्रविधिहरुको अध्ययन सुरु हुनेछ । यस अध्ययनमा विस्तुत प्रविधिहरूको साथै सम्भाव्य नयाँ फ्रिक्वेन्सीको पनि अध्ययन हुनेछ । हाल फाइभ–जी प्रविधि फ्रिक्वेन्सी रेन्ज एक, सात गिगाहर्जभन्दा मुनिको फ्रिक्वेन्सी र फ्रिक्वेन्सी रेन्ज दुई, २४ गिगाहर्जदेखि ५२ गिगा हर्जसम्मको फ्रिक्वेन्सीमा पनि चल्नेछ । साथै नयाँ फ्रिक्वेन्सी रेन्ज सात गिगाहर्जदेखि २४ गिगाहर्जसम्मको फ्रिक्वेन्सीको प्रयोग पनि अध्ययन हुनेछ । यस समयतालिकाअनुसार सिक्स–जी मोबाइल प्रविधिको स्टान्डर्ड सन् २०२९ सम्ममा तयार हुनेछ । तथा, २०३० सम्ममा सिक्स–जी मोबाइल प्रविधि बजारमा उपलब्ध हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, प्रविधि / शिक्षा, बिज्ञान, विश्व बजार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया