Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकर्णाली प्रदेशभवन अभावले अध्ययन प्रभावित, एउटै कोठामा दुइ कक्षा सञ्चालन

भवन अभावले अध्ययन प्रभावित, एउटै कोठामा दुइ कक्षा सञ्चालन


हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर १ दोजामस्थित चाङला हिमाल आधारभूत विद्यालयलाई भवन अभावका कारणले अध्ययन प्रभावित भएका छ । भवन अभाव भएपछि बालबाविकासदेखि कक्षा ५ सम्म अध्ययन हुने सो विद्यालयको पठनपाठनमा समस्या भएको हो ।

विद्यालयमा एउटै साँघुरो कोठामा दुई फरक फरक कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्राधानाध्यापक राजु लामाले बताए । ‘विद्यालयमा एउटै साँघुरो कोठामा दुई फरक फरक कक्षा सञ्चालन गर्नु परेको छ । कक्षा २ र ३ का विद्यार्थीलाई एउटै कोठामा राखेर पठनपाठन गराइरहेका छौँ,’ उनले भने ।

विद्यार्थीले पढाइमा बाधा पुगेको गुनासो गर्ने गरेका उनको भनाइ छ । ‘चार र पाँच कक्षाका विद्यार्थीलाई पनि एउटै कक्षामा राखेर पठनपाठन गर्नुपर्ने बाध्यता छ,’ प्रधानाध्यापक लामाले भने । विद्यालयसँग ६ कोठामात्रै छन् । एउटामा कार्यालय कक्ष, अर्कोमा बालविकास, एउटामा कक्षा १ का र अर्कोमा कक्षा २, ३ का र बाँकी रहेको एउटा कोठामा चार र पाँच कक्षाका विद्यार्थीलाई राखेर पठनपाठन गरिँदै आएको शिक्षक सञ्जय फडेराले बताए ।

विद्यालय भवन निर्माणका लागि स्थानीयवासीलाई सहयोगका लागि आग्रह गरिएको शिक्षक फडेरा बताउँछन् । कक्षा १ मा छात्रछात्रा गरी ३३, कक्षा दुईमा चार, कक्षा तीनमा आठ, कक्षा चारमा चार तथा पाँचमा तीन विद्यार्थी अध्ययनरत रहेका उनले जानकारी दिए । बालबिकास कक्षामा ७० जना विद्यार्थी छन् । विद्यालयका प्रधानध्यापकसहित चार स्थायी शिक्षक तथा दुई कार्यालय सहयोगी रहेका छन् ।


क्याटेगोरी : प्रविधि / शिक्षा, समाचार, कर्णाली प्रदेश

तपाईको प्रतिक्रिया