सात सय ४७ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप
दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकामा सात सय ४७ जना बालबालिकालाई दादुरा– रुबेलाविरुद्धको खोप लगाइएको छ । एक हजार ५४ जना बालबालिकालाई खोप दिने लक्ष्यसहित गत सोमबारदेखि खोप अभियान सञ्चालन गरिएको थियो ।
गाउँपालिकाको ३१ वटा खोप केन्द्रमार्फत खोप दिन सुरु गरेको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ । एक साताको अवधिमा सात सय ४७ जना बालबालिकालाई खोप दिन सफल भएको गाउँपालिका स्वास्थ्य शाखा अधिकृत बाबुलाल लामाले जानकारी दिए । पालिकाको वडा नम्बर–१ का एक सय, वडा नम्बर–२ का ६८ जना, वडा नम्बर–३ का ९५ जना बालबालिकालाई दादुरा– रुबेलाविरुद्धको खोप लगाइएको छ । त्यस्तै, वडा नम्बर–४ का ७१ जना, वडा नम्बर–५ का दुई सय पाँच जना, वडा नम्बर–६ का ९६ जना, वडा नम्बर–७ का ५८ जना र वडा नम्बर–८ का ५३ जना बालबालिकालाई निःशुल्क खोप लगाइएको हो । पालिकाले विद्यार्थीको सहजताको लागि स्थानीय विद्यालयमै खोप केन्द्र स्थापना गरेको थियो ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8
ताजा अपडेट
- एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
- जाहेरी दिएपछि कार्यान्वयन गर्न थप के–के गर्नुपर्छ महोदय ?
- संसदीय छानबिन समिति गठन गर्न दलहरू सहमत
- देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया