काठमाडौं । जानकी फाइनान्सको खुद मुनाफामा कमी आएको छ । फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधि अर्थात् पछिल्लो छ महिनामा १९ लाख ८६ हजार १५ रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा निकै नै कम हो । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा एक करोड ४५ लाख ९२ हजार चार सय ६७ रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी ६९ करोड चार लाख ७२ हजार आठ सय रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासमा तीन अर्ब ७१ करोड ८० लाख ७९ हजार चार सय २९ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब १६ करोड ४९ लाख ८१ हजार ४६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १० करोड १३ लाख ११ हजार नौ सय ६५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा १९ दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर चार दशमलव ५८ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले तीन अर्ब ३६ करोड ७२ लाख २७ हजार सात सय २० रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ८३ करोड १७ लाख २१ हजार छ सय ३६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० करोड १० लाख २९ हजार ६१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा ११ दशमलव १८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ३३ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- स्टार्ट–अपलाई १० वर्षसम्म आयकर छुट
- एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
- जाहेरी दिएपछि कार्यान्वयन गर्न थप के–के गर्नुपर्छ महोदय ?
- संसदीय छानबिन समिति गठन गर्न दलहरू सहमत
- देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया