लकडाउनको मोडालिटी फेर्ने जिम्मा उच्चस्तरीय समितिलाई दिने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं, जेठ २३
सरकारले लकडाउनको मोडालिटी हेरफेर गर्ने गृहकार्य सुरु गरेको छ । लकडाउनबारे छलफल गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो पार्ने जिम्मा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई सुम्पिएको हो ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो बनाउने गरी आवश्यक खाका दुई दिनभित्र तयार पार्न समितिलाई भनेका छन् । लकडाउनको साढे २ महिना बितिसकेको छ भने व्यवसायीदेखि नागरिक तहमा लकडाउनप्रति आक्रोश बढिरहेको छ ।
सोही कारण सरकारले लकडाउनको मोडालिटी परिवर्तन आवश्यकताको महशुस गरेको हो । बिहीबार उपत्यकामा व्यवसायीहरुले व्यस्त न्युरोडलगायतका स्थानमा लकडाउन अवज्ञा गर्दै पसल खोलेका थिए । लामो समय लकडाउन भएकै कारण सर्वसाधारण समेत आजित भएका छन् ।
बुधबार मात्रै प्रधानमन्त्री ओलीले बालुवाटारमै बोलाएर २५ विज्ञसँग लकडाउनबारे परामर्श लिएका थिए । सो क्रममा विज्ञहरुले आवश्यक स्थानमा लकडाउन कडाइ गर्न र कोरोना संक्रमण कम भएका स्थानमा लकडाउन खुकुलो बनाउन सुझाव दिएका थिए ।
यसैबीच, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रोल्पाको त्रिवेणी गाउँपालिकामा गत वैशाख १८ बम पड्किँदा मृत्यु भएका चार बालबालिकाका परिवारलाई प्रतिपरिवार ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव विष्णु नेपाललाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया