महालक्ष्मी विकास बैंकको सेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता
काठमाडौं । नयाँ वर्ष २०८१ अवसरमा महालक्ष्मी विकास बैंकले सेयर किनबेच गर्ने सेयर लगानीकर्ताहरूलाई सबै सुविधा एकै खातामार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेस्टर्स सेयर सेभिङ खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ ।
यस खाताअन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो सेयर, सि–आस्वा तथा टीएमएस खाताको सुविधा एकै खातामार्फत लिन सक्नेछन् । शून्य मौज्दातमै खोल्न सकिने यस खातामा डिम्याट खाता तथा टीएमएस खाता निःशुल्क खोल्नुका साथै मेरो सेयर तथा सि–आस्वा दर्ता गर्न पनि शुल्क लाग्ने छैन । टीएमएस खाताको लागि विभिन्न स्टक ब्रोकर कम्पनीहरूसँग आवश्यक सहकार्य समेत बैंक स्वयंले नै गर्नेछ । यसबाट सेयर लगानीकर्ताहरूको स्टक ब्रोकर कम्पनीहरूसँगको पहुँचमा वृद्धि हुनुका साथै समयको बचत हुने विश्वास बैंकले लिएको छ ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरतरूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर एक सय तीन वटा शाखा कार्यालयहरू र करिब सात लाख ग्राहकहरू रहेका छन् । साथै, मिति २०८० पुस २८ मा सम्पन्न बैंकको २२औं वार्षिक साधारणसभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पुराना कार्यक्रम नयाँ घोषणा
- विशाल ग्रुपका सञ्चालकहरूको भागाभाग, अझै परेनन् पक्राउ
- आम्दानीभन्दा खर्च बढी सरकारी वित्त घाटामा
- जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
- काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान
- पेट्रोलियम पदार्थको मूल्य घट्यो
- क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा
- डिल्लीराम खनाललाई ५ हजार धरौटीमा छाड्न आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया