कनेक्ट आईपीएसबाट स्कुलको शुल्क भुक्तानी गर्दा छात्रवृत्ति पाइने
काठमाडौं । कनेक्ट आईपीएएसले स्कुलको शुल्क भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने सुनौलो अवसर ल्याएको छ । अफरअन्तर्गत २० जना भाग्यशाली विद्यार्थीहरूले भुक्तानी गरेको रकम वा अधिकतम १० हजार रुपैयाँसम्मको छात्रवृति रकम प्राप्त गर्न सकिने छ ।
यो अफर कनेक्ट आईपीएसबाट वैशाख ३१ गतेसम्म अनलाइन फि भुक्तानी गर्दा लागू हुनेछ । अफरको अन्त्यपछि कनेक्ट आईपीएएसको आधिकारिक वेबसाइटमा विजेताको जानकारी प्रकाशित गरिने छ । साथै, भुक्तानी गरिएको बैंक खातामा नै छात्रवृत्तिको रकम जम्मा गरिने छ ।
अभिभावकहरू तथा विद्यार्थीहरूलाई कनेक्ट आईपीएसमार्फत अनलाइन फि भुक्तानी गर्न निकै सहज हुन्छ । कनेक्ट आईपीएसबाट सात सयभन्दा बढी स्कुलहरूको भुक्तानी गर्न सकिन्छ । भुक्तानीकर्ताले कनेक्ट आईपीएसको वेब वा एपमा लग इन गरी क्रेडिटर्स पेमेन्टअन्तर्गत एजुकेसनल इन्स्टिच्युसनमा क्लिक गरी स्कुल्समा क्लिक गरी लिस्टबाट भुक्तानी गर्नुपर्ने स्कुल छनोट गरी मागिएका अन्य विवरण दाखिला गरी आफ्नो खाताबाट सजिलै भुक्तानी गर्न सक्छन् । साथै, शैक्षिक संस्थाहरूले आफ्नो तोकिएको बैंक खातामा सोझै रकम प्राप्त गर्न कनेक्ट आईपीएसमा क्रेडिटरको रूपमा आबद्ध हुन सक्छन् । यसका लागि आफ्नोे सम्बन्धित बैंक वित्तीय संस्थासँग सम्पर्क गरी अनलाइन सेवा लिन सकिन्छ ।
कनेक्ट आईपीएस बैंकका ग्राहकहरूका लागि एकै प्लेटफार्ममार्फत एकभन्दा बढी खाता लिंक गरी फन्ड ट्रान्सफरलगायत विभिन्न भुक्तानीहरू गर्नका निम्ति एक प्रमुख तथा सजिलो माध्यम हो । कनेक्ट आईपीएसको वेबमार्फत प्रतिकारोबार २० लाख रुपैयाँसम्म र यसको मोबाइल एपमार्फत प्रतिकारोबार दुई लाख रुपैयाँसम्मको भुक्तानी गर्न सकिन्छ । कनेक्ट आईपीएसमार्फत चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म ३९ सय अर्ब रूपैयाँभन्दा बढी भुक्तानी कारोबार फछ्र्यौट भइसकेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नासु बमबहादुरले चुमे सगरमाथामा को शिखर
- ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा
- कर्णाली प्रदेश सरकारको विनियोजन विधेयक २०८१ का सिद्धान्त, उद्देश्य र प्राथमिकता पेस
- नुवाकोटमा पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु
- कोरोनाको नयाँ भेरियन्ट : सङ्क्रामक तर घातक कम
- तिनाउ नदीमा डुबेर मृत्यु
- धुलो उठाउन सहयोग नगरेको भन्दै सडक विभागमा महानगरको गाडीबाट धुलो झारियो
- किमाथाङ्कासहित चीनसँग जोडिएका अधिकांश नाका आजदेखि पुनः सञ्चालनमा आउँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया