Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअधिक तरलता नियन्त्रण गर्न निक्षेप तान्दै राष्ट्र बैंक

अधिक तरलता नियन्त्रण गर्न निक्षेप तान्दै राष्ट्र बैंक


काठमाडौँ । राष्ट्र बैंकको तथ्यांकअनुसार अहिले बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६१ खर्ब ९४ अर्ब रुपैयाँ छ । यसमध्ये ५१ खर्ब १३ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । बैंक तथा वित्तीय संस्थाले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गरी कर्जा प्रवाह गर्न सक्छन् । तर, अहिले सीडी रेसियो ८० दशमलव ३२ प्रतिशत छ । यस आधारमा बैंकहरूसँग थप चार खर्ब ६१ अर्ब लगानी लगानीयोग्य रकम छ ।

अर्थतन्त्रका सबै सूचकहरू सकारात्मक देखिए पनि कर्जाको माग बढ्न सकेको छैन । केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिकमार्फत केही क्षेत्रमा कर्जा बढाउने गरी नीति लिएको छ । तर, अहिले अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले अल्पकालीन निक्षेप संकलन उपकरण निष्काशन गरेको छ ।

वित्तीय प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ३५ अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको छ । राष्ट्र बैंकले १४ दिनका लागि यो रकम प्रणालीबाट तान्न लागेको हो ।

केन्द्रीय बैंकले जेठ ११ गते शुक्रबार (आज) निक्षेप संकलन उपकरणको बोलकबोल गरी सो रकम वित्तीय प्रणालीबाट तान्न लागेको हो । बैंक तथा वित्तीय सस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी निष्काशित रकमबराबर माग गर्न सक्नेछन् । इच्छुक बैंक तथा वित्तीय संस्थाले जेठ ११ गते दिउँसो १२ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ । साँवा र ब्याज भुक्तानी एकमुस्ट जेठ २५ गते हुने केन्द्रीय बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x