Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकको ३०औँ वार्षिकोत्सव

महालक्ष्मी विकास बैंकको ३०औँ वार्षिकोत्सव


काठमाडौं । देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेड २०८१ जेठ ७ गतेदेखि ३०औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले वित्तीय साक्षरता र्याली तथा आफ्ना आठ वटा शाखाहरूमार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यसका साथै स्वास्थ्य तथा आँखा शिविर, महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२४, शृङ्खला तीनलगायत विभिन्न कार्यक्रमहरू गरी ३०औँ वार्षिकोत्सव सम्पन्न गरिएको बैंकले जानकारी दिएको छ । सो अवसरमा बैंकले आफ्ना सेयरधनीहरू ग्राहक, नियामक निकाय एवं शुभचिन्तकहरूप्रति कृतज्ञता व्यक्त गरेको छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा जेठ ६ गते आइतबार आठ शाखा कार्यालयमार्फत रक्तदान कार्यक्रम सम्पन्न गरी कुल दुई सय ९५ पिन्ट रगत संकलन गरेको छ । स्वास्थ्य क्षेत्रमा चुनौतीको रूपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले ३०औँ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । त्यस्तै, केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरू तथा शाखा कार्यालयका कर्मचारीहरूको सहभागितामा जेठ ५ गते शनिबार बिहान ७ः३० देखि ८ः३० बजेसम्म वित्तीय साक्षरतासहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ । उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ सेवाहरूजस्तै मोबाइल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरूको प्रयोग गरिएको थियो ।

बैंकले जेठ ७ गते सोमबार केन्द्रीय, प्रादेशिक तथा शाखा कार्यालयहरूमार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरूलाई स्थानीय भेषभूषामा बंैकमा उपस्थित गराएर सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । त्यसैगरी बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा जेठ ८ गते स्वास्थ्य शिविर र जेठ ९ गते आँखा शिविर सञ्चालन गरिनेछ भने विगत दुई वर्षदेखि सुरुवात गरिएको महालक्ष्मी कर्पोरेट क्रिकेटको तेस्रो शृङ्खला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग–२०२४, श्रृङ्खला ३) १६ टिमको सहभागितामा बैैंकले जेठ २२, २३ र २४ गते सञ्चालन गरिनेछ । विगत ३० वर्षदेखि वित्तीय कारोबार सञ्चालन गर्दै आएको बैंकले हाल सबै क्षेत्रमा गरी एक सय तीन वटा शाखामार्फत सात लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको जानकारी दिएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x