विभिन्न स्वादमा तत्व फार्मसका ‘सक्खर’ बजारमा
काठमाडौं । केही दशक अगाडिसम्म परम्परागतरूपमा हरेक नेपाली भान्सामा गुलियोका लागि प्रयोग गरिने र हाल लोप हुन लागेको मौलिक एवं औषधीय गुणयुक्त सक्खर (ज्यागरी)लाई तत्व फार्मसले विभिन्न ‘फ्लेवर’मा बजारमा उपलब्ध गराएको छ ।
सक्खर शब्द अरबी शब्दबाट उत्पत्ति भएको हो । भारत र नेपालको तराई भेगमा यसलाई गुँड शब्दले चिन्ने गरिन्छ । गुलियोका रूपमा र औषधीय गुणका हिसाबले प्रयोग हुने सक्खर बहुउपयोगी खाद्य पदार्थ हो । यो उखुको रस पकाएर बनाइन्छ । कम्पनीका उत्पादनमा ओरिजिनल ज्यागरी पाउडर, सिनेमन ज्यागरी पाउडर, स्याफ्रोन ज्यागरी पाउडर, मसला टी ज्यागरी पाउडर, टर्मरिक ज्यागरी पाउडर, ब्ल्याक पेपर ज्यागरी पाउडर र जिञ्जर ज्यागरी पाउडर छन् ।
परम्परागत उत्पादन ओरिजिनल ज्यागरी पाउडरलाई दूध वा तातो पानीसँग दुई÷तीन चम्चा दैनिक खान सकिन्छ । साथै, चिया, सिरियल, मिठाइ, हलुवा र खिरमा पनि प्रयोग गर्न सकिन्छ । चियाका पारखीले ‘मसला टि ज्यागरी पाउडर’ प्रयोग गर्न सक्छन् । तत्व फार्मस्का संस्थापक हिमांशु त्रिपाठीका अनुसार तत्वका विभिन्न फ्लेवरका सक्खरको पाउडरलाई घिउ, दही मात्रै होइन रोटी र भातसँग पनि खान सकिन्छ भने बेकरी, मिठाईलगायतमा गुलियो प्रयोग हुने हरेक खानामा प्रयोग गर्न सकिन्छ ।
हाल तत्वका उत्पादन काठमाडौं उपत्यका, पूर्वका विभिन्न सहरका साथै पश्चिममा पोखरा, भैरहवा, नारायणघाट, बुटवल, नेपालगञ्जलगायतका सहरको भाटभटेनी, सेल्सवेरी, बिगमार्टलगायत विभिन्न ग्रोसरी आउटलेटमा उपलब्ध छ । साथै, दराजमार्फत् अनलाइन अर्डर गरी नेपालभर घर तथा अफिसमै डेलिभरी मगाउन सकिन्छ । हाल सक्खर पाउडर तीन सय ग्राम र छ सय ग्राम गरी दुई वटा प्याकेजमा उपलब्ध रहेको छ । ओरिजिनल ज्यागरी पाउडरको तीन सय ग्रामको एक सय ७५ रुपैयाँ र छ सय ग्रामको तीन सय २५ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । अन्य फ्लेवरको भने स्वादअनुसार फरक–फरक मूल्य छ ।
आगामी दिनमा उत्पादन बढाइ मूल्य पनि कम गर्ने कम्पनीको योजना छ । नवलपरासीको प्रतापपुरमा उद्योग रहेको तत्वमा अहिले करिब दुई सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने चार सय उखु किसानका परिवार लाभान्वित छन् । बैंकबाट ऋणसमेत गरी २५ करोड रुपैयाँ लगानी गरेर उद्योग स्थापना गरी उत्पादन सुरु गरेको त्रिपाठीले बताए । कम्पनीका उत्पादनमा प्रयोगकर्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै कुनै पनि केमिकलको प्रयोग नगरिएको उनले दाबी गरे ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
- जाहेरी दिएपछि कार्यान्वयन गर्न थप के–के गर्नुपर्छ महोदय ?
- संसदीय छानबिन समिति गठन गर्न दलहरू सहमत
- देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया