एडुसन्जालद्वारा अनलाइन ब्रिज कोर्स सञ्चालन
काठमाडौं । एडुसन्जालले सिकाइका अवसर वृद्धि गर्न अभिनव अनलाइन ब्रिज कोर्स ल्याएको छ । एडुसन्जालको यो अभिनव कार्यक्रम विद्यार्थीको शैक्षिकस्तर अभिवृद्धि गर्न, निरन्तर सिकाइ र शैक्षिक उत्कृष्टता सुनिश्चित गर्न डिजाइन गरिएको हो ।
अनलाइन ब्रिज कोर्सले विद्यार्थीलाई उनीहरूको हालको शैक्षिकस्तर र शैक्षिक यात्राको अर्को चरण बीचको खाडललाई कम गर्ने अवसर प्रदान गर्ने बताइएको छ । अनुभवी शिक्षक र प्राविधिकको टोलीद्वारा विकसित यस कोर्सले सिकाइ अनुभव प्रदान गर्न अत्याधुनिक प्रविधि र अन्तरक्रियात्मक सिकाइ विधि प्रयोग गर्दछ । ‘विद्यार्थीहरूलाई पहुँचयोग्य र उच्च गुणस्तरको शिक्षामा सशक्तीकरण गर्ने हाम्रो प्रतिबद्धताका रूपमा अनलाइन ब्रिज कोर्स सुरु गर्न पाउँदा उत्साहित छौं’ एडुसाञ्जलका सीईओ विदुर आचार्यले भने, ‘यस पहलले नवप्रवर्तनप्रतिको हाम्रो समर्पण र शिक्षालाई सबैका लागि थप समावेशी र समतामूलक बनाउने हाम्रो मिसनलाई प्रतिबिम्बित गर्छ ।’ अनलाइन ब्रिज कोर्समा गणित, विज्ञान, जीवविज्ञानलगायतका विषय समावेश छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- स्टार्ट–अपलाई १० वर्षसम्म आयकर छुट
- एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
- जाहेरी दिएपछि कार्यान्वयन गर्न थप के–के गर्नुपर्छ महोदय ?
- संसदीय छानबिन समिति गठन गर्न दलहरू सहमत
- देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया