टेस्लाको सेयरमूल्य १५ महिनायताकै न्यून
न्यूयोर्क । अमेरिकी विद्युतीय सवारीसाधन निर्माता टस्लाको सेयरमूल्य १५ महिना यताकै न्यून भएको छ । टेस्लाले कारको मूल्य घटाएपछि सेयरमूल्यमा गिरावट आएको देखिन्छ ।
टेस्लाको सेयर मूल्य सोमबार एक सय ४२ विन्दुमा झरेको थियो । जुन मूल्य सन् २०२३ जनवरी महिनायताकै न्यून हो । तर मंगलबार भने सेयर मूल्य बढेको छ । मंगलबार साँझसम्म टेस्लाको सेयर मूल्य एक सय ४५ विन्दुमा पुगेको छ । मंगलबार पहिलो त्रैमासिक नतिजा सार्वजनिक हुनुअघि सेयर मूल्य बढेको छ । विश्लेषकहरूले कारको मूल्य कटौती र सुस्त मागको कारण नाफा छ वर्षयताकै न्यून हुने अनुमान गरेका छन् ।
मंगलबार बजार बढे पनि केही दिनयता टेस्लाको सेयरमूल्यमा गिरावट छ । पछिल्लो पाँच दिनमा सेयर मूल्य आठ प्रतिशत घटेको छ भने अप्रिल ११ यता १६ प्रतिशत घटेको छ । सन् २०२४ सुरु भएयता टेस्लाको सेयरमा ४३ प्रतिशत गिरावट आइसकेको छ । गत वर्ष टेस्लाको कार बिक्रीमा कमी आएको थियो । कारको बिक्री घटेपछि टेस्लाले मूल्य घटाउने निर्णय गरेको थियो । कारको मूल्य घट्दा कम्पनीको नाफा प्रभावित हुने भएपछि लगानीकर्ता चिन्तित भएका छन् । जसका कारण सेयरमूल्यमा दबाब परेको हो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया