सोलुखुम्बु,असार ५
घर छाडेर हिडेको करिब ३० बर्ष पछि सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नमबर ३ का गोपाल नेपाली गाउँ फर्केका छन् । नेपाल रेडक्रस सोसाईटी र नेचासल्यान गाउँपालिकाको संयुक्त प्रयासमा ५० बर्षिय नेपालीलाई गाउँ ल्याईएको हो । वि.स २०४७ साल तीर घर छाडेको बताउँने नेपाली केही दिन अगाडी बिरगंज आएपछि प्रहरी मार्फत त्यहाँको स्थानीय सरकारले क्वारेण्टिनमा राखेको थियो ।
क्वारेण्टिनमा रहेकाहरुको पहिचान गर्ने क्रममा उनले सोलुखुम्बुको नेचा घर बताएका थिए भने उनको बुबाको मात्र नाम बताउन सक्ने भनिएको थियो । उनले पहिले आउन मन नलागेकाले नआएको बताए । अहिले बाध्यताले गर्दा आउनु परेको उनले बताए छन । आपूm धेरै पटक विरगन्ज सम्म आएर फर्किने गरेको उनले सुनाए । उनले आपूmले भारतको पञ्जाबमा कृषि पेशा गरेको बताएका छन ।
नेपाल रेडक्रस सोसाईटीको पारीवारीक सम्पर्क पुर्नस्थापना केन्द्र मार्फत उनको स्थायी ठेगाना पहिचान सुरु गरेको थियो । सामाजिक सञ्जाल मार्फत उनको फोटो पोष्ट गरेपछि पहिचान भएको र १४ दिन बिरगंजको क्वारेण्टिनमा बसेका नेपालीलाई जन्मस्थल नेचा ल्याईएको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए । लामो सयम देखि परिवारको सम्पर्कबाट टाढा रहेका नेपालीलाई बिरगंज बाट सोलुखुम्बु सम्म ल्याउन नेपाल रेडक्रस सोसाईटीले जिम्मा लिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा नेचाका सभापति रोहीत बास्ताला सहितको टोलिले उनको उद्धार गरि जिल्ला ल्याएपछि मंगलबार गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलालाई हस्तान्तरण गरिएको छ ।
अब गाउँपालिकाले निर्माण गरेको क्वारेण्टिनमा १४ दिन सम्म राखेपछि मात्रै परीवारको जिम्मा लगाईने गाउँपालिकाले जनाएको छ । उच्च जोखिमयुक्त क्षेत्रबाट आएका नेपालीको पिसिआर र आरडिटी रिपोर्ट नेगेटिभ आए पनि अनिवार्य १४ दिन क्वारेण्टिनमा राख्ने गाउँपालिका अध्यक्ष बास्तोलाको भनाई छ । गाउँघरमा व्यक्ति मध्ये भुपाल किराँतीको नाम लिन सक्ने गोपाल नेपालीले लामो समय पछि गाउँ आउन पाएकोमा खुशी व्यक्त गरे । उनले उद्धारमा खटिने नेपाल रेडक्रस र गाउँपालिकालाई धन्यवाद ब्यक्त गरे । उनले भारतको पञ्जाबमा खेतीकिसानी गर्दै आएको बताएका छन । अब नेपालमै बस्ने योजना रहेको उनले सुनाए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया