काठमाडौं, असार ११
अनलाइन कारोबारको नाउँमा करोडौँ रुपैयाँ ठगी गर्ने व्यक्तिहरु पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाका टेकुुका अनुसार अनलाइनमार्फत ४० लाख रुपैयाँभन्दा बढी ठगी गर्ने व्यक्तिहरु पक्राउ परेका हुुन् ।
भाइबर, ह्वाटस अप, इमोलगायतका सोसल मिडियाहरुको दुरूपयोग गरी अनलाइनको माध्यमबाट ४० लाख रुपैयाँको चिठा परेको भनी प्रलोभन पारी ठगीमा संलग्न गिरोहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गिरोहले उच्चपदस्थ सरकारी अधिकृतलगायत सर्वसाधारण व्यक्तिहरू समेतबाट करोडौं रकम ठगी गर्ने गरेका थिए । नगदसहित अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले उपत्यकाका विभिन्न स्थानहरूबाट सात जनालाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाएको छ ।
पक्राउ पर्नेहरुमा झापाका पुकार बर्मा, काभ्रेका नविन भण्डारी, रौतहटका आकाश अग्रवाल, भारतीय नागरिक एमडी सर्फराज, रौतहटकै एस अग्रवाल, पर्साका कृष्ण प्रसाद साह र सुनिल साह रहेका छन् । उनीहरुले पीडितहरुबाट लाखौं रकम ठगी गरी पीडित बनाएका थिए । ठगी कार्यमा भारतीय गिरोह समेतको संलग्नता रहेको देखिन आएको र करोडभन्दा बढी रकम ठगहरूले लिइसकेको खुुलेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया