महेन्द्र शाही
सोलुखुम्बु, साउन १८
बागबानी केन्द्र सोलुखुम्बुले गत आर्थिक वर्ष २०७६÷०७७ मा १० लाखभन्दा बढी राजस्व संकलन गरेको छ । एक आर्थिक वर्षभित्र केन्द्रले १० लाख ७१ हजार ६ सय ३० रुपैयाँ राजस्व संकलन गरेको कार्यालयका सुचना अधिकारी चन्द्र फडेराले जानकारी दिए । जुन अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ को भन्दा २ लाख ७१ हजार ६ सय ३० रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षमा केन्द्रले ८ लाख राजस्व संकलन गरेको थियो । अहिले केन्द्रले बिरुवा तथा बेर्ना उत्पादनमा उल्लेख्य प्रगति गरेकाले राजस्व संकलन बढेको उनको भनाइ छ ।
कार्यालयका अनुसार प्रतिकिलो २ सयसम्ममा बिक्री गरेको ७ सय ५१ किलो किबीबाट १ लाख ३६ हजार ८ सय रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै किबीको बिरुवा बिक्रीबाट दुई लाख ४६ हजार २ सय ९० रुपैयाँ, स्याउको बिरुवा बिक्रीबाट ९६ हजार २ सय ६० रुपैयाँ तथा स्याउ फल बिक्रीबाट १ लाख ८८ हजार ५ सय ७० रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । त्यस्तै बीउ आलु बिक्रीबाट १७ हजार १ सय ९० रुपैयाँ संकलन गरेको केन्द्रले खाने आलु बिक्रीबाट १ लाख १९ हजार १ सय ४० रुपैयाँ र तरकारी तथा तरकारीको बेर्ना बिक्रीबाट २ लाख ६४ हजार २ सय ८० रुपैयाँ राजस्व संकलन गरेको छ ।
केन्द्रमा पछिल्लो समय किबी बिक्रीमा सुधार आएको छ भने स्याउको उत्पादनमा निकै गिरावट आएको बताइएको छ । बागबानी केन्द्रमा प्रशस्त मात्रामा स्याउका बिरुवा भए पनि उत्पादनमा वर्षेनी ह्रास भइरहेको बताइएको छ । जलवायु परिवर्तनको कारण स्याउको उत्पादनमा गिरावट आएको विज्ञहरुको भनाइ छ । पछिल्लो समय किबीको उत्पादनमा वृद्धि हुँदै छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम- २ मा मतगणना ११ बजेबाट सुरु हुँदैे
- इलाम–२ मा सर्वपक्षीय बैठक सुरू, मतगणना केहीबेरमा हुँदैे
- लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै
- इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो
- नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित
- बझाङमा ४३ प्रतिशत मतदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया