बाँके, साउन २५
बाँकेमा एक हप्तादेखि जारी निषेधाज्ञा शुक्रबारदेखि थप कडाइका साथ लागू हुने गरी थपिएको छ । कोरोना भाइरस संक्रमणको अवस्था जटिल बन्दै गएपछि निषेधाज्ञा बढाइएको हो । जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको गत मंगलबार बसेको बैठकले शनिबारसम्मका लागि निषेधाज्ञा जारी राखेको थियो ।
बाँकेमा जारी निषेधाज्ञा पुनः तीन दिनका लागि बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । प्रजिअ कुरुम्वाङले जिल्लामा कोरोना भाइरस संक्रमणको अवस्था झन् जटिल बन्दै गएपछि उच्च सतर्कता अपनाउँदै थप तीन दिनका लागि निषेधाज्ञा अवधि बढाइएको बताए । पछिल्लो समय बाँकेमा समुदायस्तरमै कोरोना पोजेटिभ केस बढ्दै गएपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको साउन १८ गते ३ दिनका लागि र साउन २० गते बसेको बैठकले साउन २४ गते शनिबारसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।
बाँकेमा जनस्तरमै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, सरकारी कर्मचारीलगायतमा कोरोना भाइरस संक्रमण देखिसकेको छ भने बाँकेका ७ सरकारी कार्यालय सिल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका, यातायात व्यवस्था विभाग, नेपालगञ्ज आन्तरिक राजस्व कार्यालय, जिल्ला अदालत, वडा प्रहरी कार्यालय नेपालगञ्ज, कारागार र इलाका प्रहरी कार्यालय कोहलपुर सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको केन्द्रको बैठकमा निषेधाज्ञा हटाउने कि थप गर्ने भन्ने विषयमा छलफल हुँदा थप केही दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले जानकारी दिए ।
थपएिको निषेधाज्ञामा अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा सञ्चालनमा रोक लगाइएको छ । त्यस अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा मात्र सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । त्यसैगरी एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाला र कूटनीतिक सवारी, लामो दूरीका मालवाहक गाडी र सवारी अनुमति पास भएका गाडीहरु मात्र सञ्चालन गर्न दिइने भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया