चीन छोड्ने कम्पनीलाई अमेरिकाले कर सहुलियत दिने
वासिड.टन, भदौ ३
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आफ्ना कारखानाहरु अमेरिका सरे करमा सहुलियत दिने बताएका छन् । त्यसरी अमेरिका नफर्किने कम्पनीलाई भने कारबाही गरिने उनले बताएका छन् । अटेरी कम्पनीलाई सरकारले गरेको सम्झौता पनि रद्द गर्नसक्ने चेतावनी उनले दिएको बीबीसीले जनाएको छ ।
सोमबार एक सार्वजनिक भाषणका क्रममा ट्रम्पले अमेरिकामा १० महिनामा १ करोड रोजगारी सिर्जना गर्ने र चीनसँगको अमेरिकी निर्भरता हटाउने घोषणा गरेको बताइएको छ । यो ट्रम्पले चीनविरुद्ध दिएको पछिल्लो आक्रामक अभिव्यक्ति हो । यसअघि नै उनले विच्याट, टिकटकजस्ता च्याटमाथि प्रतिबन्धको घोषणा गरिसकेका छन् भने चिनियाँ कम्पनी हुवावेलाई दण्डित गर्दै आएका छन् । सोमबार मात्रै हुवावेविरुद्ध थप प्रतिबन्ध लगाउने अमेरिकाले बताएको थियो । केही महिनायता चीन–अमेरिका विवादले तीव्रता पाएको छ ।
चिनियाँ प्रविधिले अमेरिकी राष्ट्रिय सुरक्षालाई खतरामा पारेको ट्रम्प प्रशासनले बारम्बार बताउँदै आएको छ । तर सम्बद्ध चिनियाँ कम्पनीले भने अमेरिकी आरोप कहिल्यै पुष्टि नहुने भन्दै अस्वीकार गर्दै आएका छन् । चीनबाट कारखाना अमेरिका भित्र्याउने कम्पनीलाई करमा सहुलियत दिने उनले बताए । कार्यक्रममा उनले भने, ‘हामी चीनबाट अमेरिकामा रोजगारी भित्र्याउन आउने कम्पनीलाई करमा सहुलियत दिन्छौँ । हामी संसारकै विशाल अर्थतन्त्र बनाउँछौँ ।’ अमेरिकाले थप चिनियाँ कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी दिइरहेको छ । नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा ट्रम्पले चीनविरुद्ध कडा अभिव्यक्ति दिनथालेका छन् । सोमबार भाषणका क्रममा ट्रम्पले महत्वपूर्ण औषधि र आपूर्ति व्यवस्था अमेरिकामै गरिने बताएका थिए ।
धेरै अमेरिकी उत्पादन अमेरिकाबाहिर बन्ने गरेका छन् । अमेरिकाको सबैभन्दा ठूलो सार्वजनिक कम्पनी एप्पलले ताइवानी कम्पनी फक्सकनबाट आफ्नो सर्वाधिक बिक्री हुने आईफोनको धेरै उत्पादन गराउँदै आएको छ । कोरोना महामारी उत्कर्षमा पुगिरहेका बेला धेरै कम्पनीले यसअघि नै चीनमा सञ्चालित कारखाना बन्द गरेका थिए । चीनलाई विश्वकै कारखाना समेत मानिन्छ । तर यहाँ उत्पादन भएका सामग्री अमेरिकासँगको व्यापार विवादसँगै विश्व निर्यातमा असर परेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया