गहनामा रसायनको रूपमा प्रयोग हुने ५० केजी धातुसहित दुई जना पक्राउ
बटुकनाथ झा
जनकपुरधाम, भदौ २३
सुनचाँदीमा प्रयोग हुने रसायन धातुसहित प्रहरीले जनकपुरबाट दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले जनकपुरधाम–५ सोनरपट्टीबाट महोत्तरी मटिहानी–७ बस्ने २० वर्षीय श्याम दास र सोही ठाउँका २२ वर्षीय मो.नुरारी लहेरीलाई सोमबार पक्राउ गरेको हो ।
भन्सार छली सुनचाँदीमा प्रयोग हुने रसायन धातु ओसारपोसार भइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब निरीक्षक मकेन्द्र मिश्रको कमाण्डमा खटेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । दुईवटा साइकलमा सवार उनीहरूको साथबाट १० लाख ६२ हजार पाँच सय मूल्यबराबरको अन्दाजी ५० केजी रसायन धातु फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
नियन्त्रणमा लिइएको रसायन धातु आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा पठाइएको डीएसपी मिश्रले जानकारी दिए। साथै पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले जनाए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया