नेपाल बैंकका पूर्वप्रबन्धक कोइराला पक्राउ
सुरेश राउत
काठमाडौं, पुस १५
नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका पूर्वप्रबन्धक भूपराज कोइराला पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता बेल बहादुर पाण्डेका अनुुसार बैंकिङ कसुरको अभियोगमा कोइरालालाई पक्राउ गरिएको हो । नेपाल बैंक लिमिटेडको बैंकिङ प्रधान कार्यालय, मानवस्रोत व्यवस्थापन विभागका मुख्य प्रबन्धक दिपेन्द्रराज काफ्लेको जाहेरीपछि उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
कोइरालाले आफू नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखामा शाखा प्रबन्धक रहँदा बैंकलाई नभएको दायित्व सृजना गराई अनुचित लाभ लिएको बैंकिङ कसुर मुद्दाको अनुसन्धानको क्रममा उनी पक्राउ परेको प्रवक्ता पाण्डेले बताए । पक्राउ परेका कोइराला सोलुखुम्बु साबिक सल्यान गाविस वडा नं. ८ हाल नेचा सल्यान गाउँपालिका वडा नं. १ स्थायी घर भई भक्तपुर जिल्ला साविक दधिकोट गा.वि.स. वडा नं. ६ हाल सूर्यविनायक नगरपालिका वडा नं. ४ बस्दै आएका थिए ।
प्रवक्ता पाण्डेका अनुसार ४७ वर्षीय कोइरालालाई यही पुस ११ गते पक्राउ गरेकोमा उच्च अदालत पाटनबाट सात दिनको म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान भइरहेको छ । बैंकमा कार्यरत रहँदा पनि कोइराला बदनियतपूर्ण कार्य गरेकै आधारमा पटक–पटक निलम्बनमा परेका थिए । ‘त्यसपछि उनीविरुद्ध मुुद्दा दर्ता भएपछि उनी फरार भएका थिए’, प्रवक्ता पाण्डेले भने । नेपाल बैंककै जाहेरीका आधारमा पक्राउ परेका पाण्डेमाथि प्रारम्भिक अनुसन्धान हुुँदा हालसम्म ५० लाख रुपैयाँ अनियमितता गरेको भेटिएको छ । तर अनुसन्धान गर्दै जाँदा यो रकम अझै बढ्न सक्ने उनले बताए ।
यसैबीच प्रवक्ता पाण्डेले संरक्षित वन्यजन्तुका विभिन्न आखेटोपहारहरु कारोबार गरेको आधारमा विभिन्न मितिमा १३ जना व्यक्तिहरु समेत पक्राउ गरेको जानकारी दिए । वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले संरक्षित वन्यजन्तुहरुको आखेटोपहारहरु अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा यही पुुस ६ गते का.म.न.पा. वडा नं. ५ भाटभटेनी मन्दिर अगाडिबाट अवैध रुपमा ओसारपसार गरी ल्याई खरिदबिक्री गर्न लागेको अवस्थामा संरक्षित वन्यजन्तु सालकको छालासहितको दुुई थान खपटासहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा महोत्तरी बर्दिबासका सिंह बहादुर मोक्तान, मकवानपुर बकैया गाँउपालिकाका काल बहादुर जिम्बा, धादिङ खनियाबाका सुके तामाङ र धादिङ त्रिपुरासुन्दरी नगरपालिकाका उमेश अधिकारी रहेको प्रवक्ता पाण्डेले बताए ।
यसैगरी यही पुुस ८ गते पनि का.म.न.पा. वडा नं. ४ सुकेधाराबाट संरक्षित वन्यजन्तु भालुको पित्त एक थानसहित पाँच जना व्यक्तिहरु पक्राउ परेका छन् । प्रवक्ता पाण्डेका अनुसार पक्राउ पर्नेहरुमा धादिङ सिद्धलेकका ईश्वर थपलिया, दोलखा बैतेश्वरका ललित बहादुर बि.क., दोलखा बैतेश्वरका राज कुमार दाहाल, दोलखा बैतेश्वरका यम खाती र बैतडी दोगडाकेदारका हरिश भट्ट रहेका छन् । यसका अतिरिक्त यही पुुस १० गते पनि काठमाडौंको टोखा नगरपालिका वडा नं. ३ ग्राण्डी एरियाबाट संरक्षित वन्यजन्तु चितुवाको छाला थान दुुई थानसहित नुवाकोट विदुर नगरपालिकाका सरोज ओझा, काठमाडौं तारकेश्वरका अखिल लामा भन्ने सुरेन्द्र तामाङ, कैलाली लम्कीचुहाका कृष्ण क्षेत्री भन्ने कृष्ण साउद क्षेत्री र सिन्धुली तीनपाटनका कर्ण बहादुर सार्की पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिहरुउपर निकुुञ्ज तथा वन्यजन्तुु संरक्षण ऐन २०२९ विरुद्धको अपराधअन्तर्गत कारबाहीको लागि अनुुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया