बैंक अफ काठमाण्डूको सेयर दाखिला बन्द हुुने
काठमाडौं ।
बैंक अफ काठमाडौँ (बीओके)को सेयर दाखिला तथा खारेजी बन्द हुुने भएको छ । बैंकको यही मंसिर १५ गते हुुने २६औं वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि यही कात्तिक २८ गतेदेखि मंसिर १५ गतेसम्म सेयर दाखिला तथा खारेजी बन्द हुुने भएको हो । बैंकको कात्तिक २० गते बिहीबार बसेको सञ्चालक समितिको एक सय ६७औं बैंठकले वार्षिक साधारणसभाबारे निर्णय गरेको हो ।
बैंकले प्रधान कार्यालय कमलपोखरीमा भिडियो कन्फरेन्समार्फत वार्षिक साधारणसभा गर्ने तयारी गरेको छ । बैंकले उक्त वार्षिक साधारणसभामार्फत हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट तीन प्रतिशत अर्थात् २५ करोड ६४ लाख छ हजार छ सय २२ रुपैयाँ नगद लाभांश र चुक्ता पुँजीको १३ प्रतिशत अर्थात् एक अर्ब ११ करोड १२ लाख ८९ हजार १४ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- लुम्बिनी प्रदेशः करिब रु ३८ अर्ब ९६ करोड विनियोजन
- समृद्धिको अभिभारा पूरा गर्न एमाले सक्षम छस् अध्यक्ष ओली
- सुदूरपश्चिम प्रदेशः रु ३१ अर्ब ६२ करोड बजेट पेस
- उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी
- कोशी प्रदेश ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक
- कर्णाली प्रदेशः आगामी आवका लागि रु ३१ अर्ब ४१ करोड बजेट विनियोजन
- सातै प्रदेशका सरकारको बजेट आज सार्वजनिक हुँदै
- लोक सेवा आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति
धेरैले पढेको
- बीमा प्राधिकरणमा कार्यकारी नियुक्तिमा झेलैझेल
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया