राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीमा पुुनः २६ करोड ३१ लाख रुपैयाँ राख्ने
काठमाडौं, पुस १७
नेपाल राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीहरुमा २६ करोड ३१ लाख रुपैयाँबराबरको संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार एक वर्षीय मुुद्दती निक्षेपको रुपमा २०७६ माघ १ गतेदेखि वि.सं. २०७७ पुुस २९ गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।
यसरी मुुद्दती निक्षेपको रुपमा राखिने कुुल रकममध्ये वाणिज्य बैंकहरुको लागि २१ करोड छ लाख, विकास बैंकहरुको लागि तीन करोड ९४ लाख र फाइनान्स कम्पनीहरुको लागि एक करोड ३१ लाख रुपैयाँ छुुट्याइएको छ । राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहने इच्छुुक बैंक तथा फाइनान्स कम्पनीहरुले यही पुुस १८ गते अपराह्न १ बजेसम्म नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको ब्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्नेछ ।
राष्ट्र बैंकका अनुसार भने रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएका छन् ।
यसैगरी कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आ.व.मा सञ्चालन मुनाफा (व्यवस्थापछि)मा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तिमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।
यसअघि पनि राष्ट्र बैंकले आफ्नो पेन्सन तथा उपदान कोषमा रहेको एक अर्ब ४० करोड रुपैयाँ बराबरको संस्थागत निक्षेप बैंक तथा फाइनान्स कम्पनीहरुमा राखेको छ । यसरी राखिएको कुुल रकममध्ये वाणिज्य बैंकहरुमा एक अर्ब १२ करोड, विकास बैंकहरुमा २१ करोड र फाइनान्स कम्पनीहरुमा सात करोड रुपैयाँ रहेको छ । राष्ट्र बैंकले यो रकमा लगानीको लागि यही पुुस १३ गते लगानीको लागि आव्हान गरेको थियो भने यही पुस १५ गते अपराह्न ३ बजे आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र दिन चाहेको ब्याज समेत तोकेर आवेदन दिन आह्वान गरेको थियो । यसैबीच राष्ट्र बैंकले यही पुुस १७ गते अर्थात् आज बिहीबार १० अर्ब रुपैयाँ बराबरको रिर्भस रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुुसार आज अपराह्न २ बजेसम्म सात दिने अवधिको रिभर्स रिपो जारी गर्न लागेको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया