कोरोनाबाट थप १८ सहित १७ सय १६ जनाको मृत्यु
काठमाडौं ।
कोरोना सङ्क्रमणबाट सोमबार १८ जनाको निधन भएको छ । सोमबारसम्म नेपालमा सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या एक हजार ७ सय १६ जना पुगेको छ । नेपालमा सङ्क्रमितमध्ये ०.६८ प्रतिशतको निधन हुने गरेको छ । अहिलेसम्म प्रति १० लाखमा ५८.८ जनाको निधन भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाँच हजार ४ सय २३ जनामा गरिएको परीक्षणमा ८ सय २१ जनामा सङ्क्रमण देखिएको छ । सोमबार देखिएका सङ्क्रमितमध्ये ३ सय १७ जना महिला र ५ सय ४ जना पुरुष रहेका छन् । सोमबार थपिएकासँगै मुलुकभरि सङ्क्रमितको अवस्था दुई लाख ४९ हजार २ सय ४४ जना पुगेको छ । काठमाडौँ उपत्यकामा ३ सय ३३ जना सङ्क्रमित थपिएका छन् । तीमध्ये १ सय ४२ जना पुरुष र १ सय ९१ जना महिला रहेका छन् ।
सङ्क्रमितमध्ये २ सय ७३ जना सघन उपचार कक्ष र ५४ जना भेन्टिलेटरमा रहेका छन् । सङ्क्रमितमध्ये सोमबार ८ सय ४२ जना निको भई घर फर्किएका छन् । नेपालमा निको भई घर फर्किनेको दर ९४.९ प्रतिशत रहेको छ । नेपालमा निको हुने दर पनि बढेको छ । यसअघि यही मङ्सिर २६ गते निको हुने दर ९४.४ रहेको थियो । अहिलेसम्म निको हुनेको सङ्ख्या दुई लाख ३८ हजार ५७३ जना रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया