एउटै गाउँबाट तीन करोड रूपैयाँको सुन्तला बिक्री
दमौली ।
तनहुँको देवघाट गाउँपालिका–३ ल्हुंग्रीङ गाउँबाट तीन करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको छ । उक्त गाउँबाट मात्रै यस वर्षको मौसममा तीन करोडभन्दा बढीको सुन्तला बिक्री भएको हो । सुन्तला बिक्री गरेर यहाँका एक कृषकले मात्रै २२ लाख रुपैयाँ आम्दानी गरेका छन् । स्थानीय भीम रानाले यस वर्ष सुन्तला बिक्रीबाट उक्त आम्दानी भएको बताए । ‘सुन्तलाखेती नै यहाँका कृषकको मुख्य आम्दानीको स्रोत हो’, उनले भने– ‘सुन्तला बिक्री गरेर कृषकले मनग्य आम्दानी गरिरहेका छन् ।’
रानाले एउटा बगैँचाबाट १५ लाख रुपैयाँ र अर्को बगैँचाबाट सात लाख रुपैयाँबराबरको सुन्तला बिक्री गरेको बताए । साथै सुन्तला बिक्रीका लागि कुनै समस्या नरहेको उनको भनाइ छ । यस्तै स्थानीयवासी कर्णसिं गुरुङले १८ लाख, नवराज गुरुङले १५ लाख, रामबहादुर रानाले १२ लाखबराबरको सुन्तला बिक्री गरेका छन् ।
‘सुन्तला बिक्री गरेर आम्दानी नगर्ने कुनै घर छैनन्, विगतमा अन्य खेती गरेका पनि अहिले व्यावसायिकरूप्मा सुन्तलाखेतीमा आबद्ध छन्’, उनले भने । उनका अनुसार यस ठाउँबाट मात्रै करिब तीन करोडभन्दा बढीको सुन्तला उत्पादन भएको अनुमान छ । देवघाट गाउँपालिकाका कृषि तथा पशु शाखाका प्रमुख पूर्णचन्द्र अधिकारीले ल्हुंग्र्रीङ गाउँ देवघाटकै सुन्तलाको पकेट क्षेत्र रहेको जानकारी दिए । उनले यहाँका कृषकले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दै आएको जानकारी दिँदै भने, ‘हरेक घरमा सुन्तला छ, कति बिक्री भयो भन्नेचाहिँ तथ्यांक आउन बाँकी छ ।’
कृषि ज्ञान केन्द्र तनहुँका अनुसार भने गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । गत वर्ष आठ हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन भएकामा यस वर्ष आठ हजार मेट्रिक टन मात्रै सुन्तला उत्पादन भएको केन्द्र प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । ‘उपयुक्त मौसम नभएकाले यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ’, उनले भने– ‘१५ प्रतिशत कम उत्पादन भएको प्रारम्भिक तथ्यांक छ ।’ तिवारीका अनुसार यस वर्ष करिब २३ करोड रुपैयाँबराबरको सुन्तला उत्पादन भएको छ । जिल्लाको एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको छ । जिल्लाको म्याग्दे गाउँपालिका–२ र ३ मा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया