नागरिक लगानी कोषले एक अर्ब ३५ करोड रुपैयाँबराबरको हकप्रद जारी गर्ने
काठमाडौं ।
नागरिक लगानी कोषले एक अर्ब ३५ करोड ९२ लाख ५९ हजार रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । कोषले यही पुस २८ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक करोड ३५ लाख ९२ हजार पाँच सय ९२ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।अधिकृत पुँजी आठ अर्ब तथा जारी पुँजी आठ अर्ब रुपैयाँ रहेको कोषको हाल चुक्ता पुँजी एक अर्ब ६४ करोड सात लाख ४० हजार रुपैयाँ रहेको छ । हकप्रद सेयरको बिक्रीपश्चात् भने कोषको चुक्ता पुँजी तीन अर्ब रुपैयाँ पुग्नेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको कम्पनीको सेयर बिक्री आगामी माघ १९ गते बन्द हुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया